Widgets

Home » » ह्याप्पी बर्थडे टि्वटर

ह्याप्पी बर्थडे टि्वटर

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


माइक्रोब्लगिङ साइटका रूपमा परिचित टि्वटर सात वर्षको भएको छ। सन् २००६ को मार्च २१ का दिन अमेरिकी वेब डेभलपर ज्याक डोर्सेले पहिलो टि्वट गरेका थिए। उनले 'जस्ट सेटिङ माइ टुटर' लेखेर यसको सुरुवात गरेका थिए। त्यसैले यो दिनलाई टि्वटरको जन्म दिन मानिन्छ। सात वर्षपछि अहिले आएर यसका २० करोड सक्रिय सदस्य छन् भने प्रतिदिन ४० करोड टि्वट गरिन्छन्। टि्वटरका संस्थापक ज्याक डोर्से, इभान विलियम्स तथा बिज स्टोनलाई मानिन्छ। अहिले टि्वटर संसारकै एक चौतारीका रूपमा परिचित छ। यो एउटा सार्वजनिक स्थल भएको छ, जहाँ ताजा समाचार सुनाउन, विचार आदानप्रदान गर्न र एक क्लिकका भरमा संसारभरका मानिसहरूसँग तत्काल सम्पर्क गर्न सकिन्छ। टि्वटर स्थापना हुँदा यसको होमपेज अहिलेभन्दा निकै फरक थियो। टि्वटरको स्पेलिङसमेत अहिलेभन्दा फरक थियो। टि्वटरको स्पेलिङमा टीडब्ल्युटीटीआर मात्र थियो। टेक्स्ट म्यासेज पठाउन सजिलो हुने साइटको पहिचानका लागि यसको उच्चारण पनि टुटर भन्न खोजिएको थियो। त्यसैले स्पेलिङ पनि त्यहीअनुसार राखिएको थियो। सेतो ब्याकग्राउन्डमा असुहाउँदो हरियो अक्षरको लोगो थियो। त्यसको तलतिर केही सन्देश पनि लेखिएको थियो। अहिले टीडब्ल्युआईटीटीइआरसहित चराको लोगो प्रयोग गरिएको छ। त्यसको तल पहिले जस्तो केही लेखिएको पनि पाइँदैन। टि्वटरले सूचनाको नेटवर्कका रूपमा पहिचान बनाएको छ। टि्वटरले भिडियो सेयरिङ, फोटो ग्यालरीका साथ आफ्नो प्रोफाइल पेजलाई अझ परिष्कृत गरेको छ, जसले गर्दा युजरले आफ्ना बारेमा संसारलाई धेरै भन्दा धेरै जानकारी दिन सक्छन्। नयाँ टि्वटरमा रि-टि्वट, फ्लोविङ तथा फेबरेटिङको कनेक्सन छ, यसका लागि डिस्कभर सेक्सनमा जानुपर्छ। टि्वटरको होमपेजमा भिडियो तथा पूरा न्युज स्टोरीलाई एउटै स्थानमा देख्न सकिन्छ। यसमा विभिन्न प्रकारका सूचना वा समाचार तीव्र गतिमा देख्न सकिन्छ। टि्वटर प्रयोगकर्ताका लागि आफ्नो युजर नेम नै सबैभन्दा ठूलो पहिचान भएको छ। प्रयोगकर्ताले आफ्नो टि्वटसँग जोडिएका सबै कुरालाई सहज रूपमा हेर्न सक्छन्। प्रयोगकर्ताको टि्वटका बारेमा अन्य व्यक्तिले कस्तो प्रतिक्रिया जनाएका छन् ? कसले फलो गरिरहेका छन् ? कसले रि-टि्वट गरिरहेको छ ? वा कसले लाइक गरेको छ ? यी सबै कुरा थाहा पाउन सकिन्छ। यसको डिस्कभर पेज पनि आकर्षक छ। कुनै पनि विषय सर्च गर्दा यसका बारेमा जोडिएका सम्पूर्ण सूचना प्रशस्त रूपमा पाउन सकिन्छ। टि्वटरको प्रोफाइल पेजमा प्रयोगकर्ताले आफ्ना बारेमा उल्लेख गर्न मन लागेका जुनसुकै कुरा पनि राम्राेसँग उल्लेख गर्न सक्छन्। यसमा भएको टि्वट बटनकै सहायताले आफ्ना सन्देश सबैका सामु पुर्‍याउन सकिन्छ। आफ्नो मोबाइल वा डेस्कटप कम्प्युटरको सहायताले टि्वटरमा भिडियो तथा न्युज स्टोरी लिंक गर्न सकिन्छ। सात वर्षमा टि्वटरले निकै महत्वपूर्ण भूमिका खेलेको छ। यसै सन्दर्भमा न्युयोर्क डेली न्युजले यो अवधिका सात महत्वपूर्ण टि्वटर घटनालाई प्रस्तुत गरेको छ। पहिलो पटक गरिएको टि्वटलाई नै पहिलो महत्वपूर्ण घटना मानिएको छ। सन् २००९ को जून १३ मा इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजादले निर्वाचन जितेको घोषणा भएपछि त्यसको निष्पक्षताको विषयमा विभिन्न प्रकारका टि्वट गरिए। त्यसपछि सडकमा प्रदर्शन गर्ने क्रम जारी रह्यो। यसलाई पहिले हरित क्रान्ति र पछि टि्वटर क्रान्ति भनियो। सन् २००९ को प्रमुख ५ टि्वटर घटनामा इरान रिभोल्युसन र इरान थिए। यही प्रदर्शन नै अरब क्रान्तिको आधारसमेत बन्यो। त्यसैगरी सन् २०१० को जनवरी १२ मा हैटीमा ७ रेक्टर स्केलको भूकम्प जाँदा सम्पूर्ण सञ्चारका साधन क्षतिग्रस्त बने। उक्त अवस्थामा पत्रकारहरूले आफ्नो मोबाइल नेटवर्क प्रयोग गरी टि्वटर म्यासेज र फोटोहरू पोस्ट गरे, जसले गर्दा अमेरिकी सेना र अन्य सहायता समूहले औषधी एवं अन्य सहयोग सामग्री निश्चित स्थानमा पठाउन सके। यसलाई टि्वटरको इतिहासमा तेस्रो महत्त्वपूर्ण घटना मानिएको छ। सन् २०११ मे १ का दिन पाकिस्तानका ३३ वषर्ीय आईटी कन्सल्टेन्ट सोहेब अथरले ओसामा बिन लादेन हवाई हमलामा मारिएको कुरा टि्वट गरेर संसारका सञ्चारमाध्यमको ध्यान आकृष्ट गरे। अहिले प्रसिद्ध भएको उनको टि्वट यस्तो थियो, 'हेलिकप्टर होभरिङ एबोभ एबोट्टाबाद एट वान एएम -इज अ रेयर इभेन्ट)। उनको यो टि्वट आफैंमा रहस्यमय थियो। उक्त क्षेत्रमा हेलिकप्टर उड्नु शंकास्पद नै थियो। फेरि अमेरिकी सेनाले आधिकारिक जानकारी दिन पनि लामो समय लगायो, जसले गर्दा अथरको यो टि्वट छोटो समयमै निकै फैलियो अर्थात् भाइरल बन्यो। पछि लादेन मारिएको कुरा प्रमाणित भएपछि त झन् उनी र उनको यो टि्वट निकै लोकपि्रय भयो। सन् २०११ को मार्च ११ मा जापानमा ९ रेक्टर स्केलको भूकम्प गयो, जसमा कमसेकम १५ हजार ८ सय ८२ मानिसको मृत्यु भयो। हजारौं घाइते भए। करोडौं डलर धनराशिको क्षति भयो। उक्त अवस्थामा पनि टि्वटरको प्रयोग निकै भयो। त्यस्तो अवस्थामा विभिन्न जानकारी लिन र शोक प्रकट गर्न फेरि पनि टि्वटरकै प्रयोग भयो। जापानी भूकम्पका सम्बन्धमा प्रतिसेकेन्ड ५ हजारभन्दा बढी टि्वटले आफैंमा रेकर्ड कायम गरे। सन् २०१२ मा अमेरिकामा राष्ट्रपति निर्वाचन भयो, जसको नतिजाको घोषणा पनि गरियो। नोभेम्बर ६ मा ३ करोडभन्दा बढी टि्वट गरिए, तर पनि एउटा टि्वट निकै लोकपि्रय भयो। राष्ट्रपति ओबामाले 'फोर मोर इयर्स' लेखेर श्रीमती ओबामालाई अँगालो हालेको तस्बिर राखिएको टि्वट निकै लोकपि्रय भयो। उक्त टि्वट नै टि्वटरको इतिहासमै सर्बाधिक धेरैपटक रि-टि्वट गरिएको म्यासेज बन्यो। केही दिनपहिले अर्थात् मार्च १३ मा नयाँ पोपका रूपमा पोप फ्रान्सिस निर्वाचित भए। उक्त समाचारलाई प्रतिसेकेन्ड १ लाख ३० हजारका दरले टि्वट गरियो। त्यसैगरी नयाँ पोपले पनि टि्वटर एकाउन्ट खोलेर सबैलाई धन्यवाद दिए र आफू अनुयायीहरूसँग टि्वटरका माध्यमबाट पनि निरन्तर सम्पर्कमा रहने जानकारी दिए। नेपाली सामाजिक सञ्जाल हाम्रोबुक नेपालीहरूलाई लक्षित गरेर एउटा नेपाली सामाजिक सञ्जाल संचालनमा आएको छ। ब्राउजमा गएर धधध।जamचयदययप।अom टाइप गर्ने हो भने एउटा नेपालीपन झल्किने सामाजिक सञ्जाल खुल्छ। यो नेपालीहरूलाई एकै ठाउँमा जोड्न बनेको नेपाली सामाजिक सञ्जाल हो। यो सामाजिक सञ्जाल नेपालबाटै सञ्चालनमा आएको छ। हाम्रोबुक डटकमलाई सेन्ट्रल इन्स्िटच्युट अफ साइन्स एन्ड टेक्नोलोजी -सीआईएसटी कलेज), संगम चोक, नयाँ बानेश्वरमा अध्यनरत विद्यार्थी सुरज बानियाँले सञ्चालन गरेका हुन्। बानियाँका अनुसार यो सामाजिक सञ्जालमा अरू सामाजिक सञ्जालमा हुने सबै प्रकारका सुविधा छन्, जसले गर्दा एक प्रयोगकर्ताबाट अर्को प्रयोगकर्तासँग सजिलै कुरा आदानप्रदान गर्न सकिन्छ। यो सामाजिक सञ्जालमा स्टाटस सेयर गर्नेदेखि तस्बिर र भिडियो अपलोड गर्ने, पेज बनाउने, ग्रुप बनाउने, कुराकानी गर्ने, पोक गर्ने, नयाँ साथी बनाउने आदि सुविधाहरू छन्। यति मात्र नभएर ब्लग पोस्ट, फोरम, क्विज, गेम, उपहार, नेपाल तथा विदेशमा निःशुल्क कुनै पनि मोबाइलमा सन्देश पठाउने सुविधा पनि छ। हाम्रोबुकको मार्केट अप्सनमा गएर आफूलाई चाहिएको समान किन्न वा बेच्न पनि सकिन्छ। यो सामाजिक सञ्जाल अंग्रेजी र नेपाली गरी दुईवटा भाषामा सञ्चालनमा आएको छ। यसले नेपाली भाषामा कम्प्युटर चलाउनेहरूलाई पनि सजिलो बनाएको छ। हाम्रोबुक डटकमका ६ हजारभन्दा बढी प्रयोगकर्ता छन्। देश तथा विदेशमा रहेका नेपालीलाई आपmनो घर-परिवारसँग जोड्न हाम्रोबुकले सहयोग गर्छ। यसमा प्रयोगकर्ताले नेपाली युनिकोडमार्फत नेपाली भाषामा टाइप गर्न सक्छन्। विभिन्न सामाजिक सञ्जालमार्फत बढ्दै गएको सामाजिक असुरक्षालाई ध्यानमा राखेर यो सञ्जालमा सच्याउने सिस्टम पनि राखिएको छ। हाम्रोबुकमार्फत आपmनो स्टाटस प्रचलित विदेशी सामाजिक सञ्जाल फेसबुक, टि्वटर आदिमा सजिलैसँग सेयर गर्न सकिन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger