Widgets

Home » » नेपालद्धारा मलेसिया १९ रनले पराजित सेमीफाइनल प्रवेशको सम्भावना बलियो

नेपालद्धारा मलेसिया १९ रनले पराजित सेमीफाइनल प्रवेशको सम्भावना बलियो

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१७ चैत, काठमाडौं । एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ । यससँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । ‘आजको दिनको दिन हाम्रो लागी राम्रो रहृयो’ खेलपछि प्रशिक्षक पुबुद्धु दशानायकले भने-’हाम्रो सेमिफाइनल प्रवेशको सम्भावना ९० प्रतिशत छ ।’ कप्तान पारस खड्काले आज धेरै दबाव भएपनि जितका लागि ढुक्क भएर खेलेको बताए । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएपनि माल्दिम्सले पनि जितेकाले सिंगापुरविरुद्धको खेलमा केही दबाव हुने बताए । समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ । नेपाल रहेको समूह ए बाट हङकङ यसअघि नै सेमिफाइनल पुगिसकेको छ । ३ खेलबाट ४ अंक जोडेको नेपालको १ दशमलव २०० रन रेट छ भने तेस्रो स्थानमा रहेको मलेसियाको माइनश १ दशमलव २७६ र माल्दिभ्सको माइनश ३ दशमलव ५३२ छ । नेपालले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रमा समेटियो । उसका सफिकले ५३ रन बनाएपनि हार टार्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका संजम रेग्मी र पृथु बास्कोटाले समान २-२ विकेट लिए । एक क्याच समेत गरेका पृथुलाई खेलाउने प्रशिक्षक पुवुद्धु नशानायकेको रणनीति सफल रहृयो । प्रशिक्षक र कप्तान दुबैले पृथुले राम्रो खेलेको बताए । यस्तै चन्द्र साउद, बसन्त रेग्मी र शक्ति गौचनले समान १-१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानान पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको ८७ रनको मदतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । ५४ बलको सामना गरेका उनले ३ छक्का र ११ चौका हाने । सुवास खकुरेलले २५ तथा विनोद भण्डारीले २० रन बनाए । म्यान अफ दि म्याच घोषित उनले १० हजार नगद पाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । पृथु बास्कोटाले ७, शक्ति गौचनले ६, चन्द्र साउद र ज्ञानेन्द्रले समान २-२ रन जोडे भने सरद भेसवाकर १ रनमा नै फभेलियन फर्किए । प्रदीप ऐरीले भने रनको खाता नै खोल्न सकेनन् । अघिल्ला खेलहरुको तुलनामा शनिबार कीर्तिपुर मैदानमा दर्शकको संख्या निकै बढी थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger