Widgets

Home » , » सारिकालाई शुरूमै धोका भयो ...

सारिकालाई शुरूमै धोका भयो ...

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नयाँ कलाकार भन्नेबित्तिकै प्रोडक्सन र निर्देशकले जेजे भन्यो, त्यहीत्यही मान्नुपर्ने, चित्त नबुझेका कुरा पनि भन्न नपाइने ? गजबै छ नेपाली चलचित्र क्षेत्रको कथा । निर्माणाधीन फिल्म रक्षकै कुरा गरौं न । त्यसमा डेब्यु पाइन् नयाँ अनुहार सारिका घिमिरेले । बल्लबल्ल फिल्ममा खेल्ने मौका पाएपछि उनले त्यसका निर्देशक राजु गिरीले भनेजसरी बेड सिन दिइन् । बेड सिन यस्तो थियो कि सुटिङ गर्ने क्रममा युनिटले नै यसलाई हेरेर जिब्रो टोक्यो भने रिलिजमा आएपछि दर्शकले कस्तो प्रतिक्रिया देलान् । जेहोस्, गिरीको अघिल्ला फिल्मजस्तै यसलाई पनि यौनकेन्द्रित बनाउनका लागि निर्देशकले जसोजसो भने, त्यस्तैत्यस्तै यौनोत्तेजक दृश्य उनले दिइदिइन् । रक्षाको निर्माण समूहलाई फिल्म बनाउन र त्यसलाई रिलिजमा ल्याउनभन्दा पनि त्यसको पब्लिसिटी गर्नै हतार ? पब्लिसिटी गर्ने क्रममा पूजना स्त्रीलाई बढी फोकस गरियो । जे भए पनि नयाँ अनुहारको तुलनामा पूजनाको अनुहार बिकाउ हुने नै भयो । पूजनाका नग्न ढाड र कामुक बेड सिनले पब्लिसिटी सामग्रीमा यथेष्ट स्थान पाए पनि सारिकाले खास स्थान पाइनन् । त्यसैले उनले घुक्र्याइन्– ‘पब्लिसिटीमा मलाई हाइलाइट नगर्ने भए म त डबिङ नै गर्दिनँ ।’ उनको घुर्कीले काम गरेन, निर्देशक गिरीले सारिकालाई डबिङ नै गराएनन् । यो त ट्रेलर मात्र हो सारिका, फिल्म शुरू हुन त बाँकी नै छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger