Widgets

Home » » संघर्ष र सफलताकी सुन्दरी एन्जेलिना जोली

संघर्ष र सफलताकी सुन्दरी एन्जेलिना जोली

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सन् १९७५ को ४ जुनमा क्यालिफोर्नियाको लस एन्जेल्समा जन्मेकी अमेरिकी अभिनेत्री, लेखिका निर्देशक तथा निर्मात्री एन्जेलिना जोलीले एउटा एकेडमी अवार्ड, दुईओटा स्क्रिन एक्टर्स गिल्ड अवार्ड र तीनवोटा गोल्डन ग्लोब अवार्ड जितेकी छन् । सन् २००९ र २०११ मा फोर्वेस पत्रिकालेद्धारा हलिवुडकै सबैभन्दा महँगो अभिनेत्री घोषित गरेको थियो । उनी फिलम् संसारमा मात्र नभई मानविय उद्धार कार्यमा नाम बटुल्नसमेत सफल छिन् । उनी संयुक्त राष्ट्र संघको शरणार्थीका लागि उच्च आयोग (यूएनएचसीआर) को विशेष दुत र सद्भावना राजदुत समेत बनेकी थिइन् । विश्वर्कै सबैभन्दा सुन्दर महिलाको उपाधी दिइएकै कारण उनले संसारकै सञ्चार माध्यमको ध्यान तान्दै आएकी छिन् । सानै उमेरमा अर्थात् सन् १९८२ मा ‘लुकिङ टु गेट आउट’ फिल्म आफ्नै पिता जोन भोइटसँग पहिलो पटक अभिनय गरेकी उनले त्यसको एक दशकपछि सन् १९९६ मा ‘साईवोर्ग २’बाट फिल्म क्यारिअर शुरु गरिन् तर पहिलो चोटी प्रमुख भूमिकामा भने उनी सन् १९९५ मा साइवर थ्रिलर फिल्म ‘ह्याक्स’ मा देखिइन् । उनले जीवनीमा आधारित टेलिभिजन फिल्म ‘जर्ज वाल्ल्सा–१९९५’ र ‘गिया–१९९८’ तथा नाटक ‘गर्ल, इन्टर्रप्टेड–१९९९’मा अभिनय गरेवापत एकेडमी अवार्ड हात पारिन् । सन् १९७६ मा आफ्ना माता पिताको सम्बन्ध विच्छेद भएपछि उनी र उनको भाईलाई आमा स्व. मार्चेलिन बट्रोन्डले पालनपोषण गर्न थालिन् । सन्तान पाल्नतिर ध्यान केन्द्रित गर्नुपरेकाले बट्रोन्डले अभिनय गर्ने अभिलाषा त्यागेकी थिइन् । बाल्यकालमा नियमित रुपमा आमासँग फिल्म हेर्न जाने क्रममा अभियनतर्फ अभिरुचि जागेको बताउने जोली अभिनेता पिताबाट भने प्रभावित नभएको स्वीकार्छिन् । ६ वर्षको उमेरमा उनी आफ्नी आमासँगै फिल्म निर्माता सौतेनी पिता विल डेसँग न्यूयोर्कको पालिसेड्समा बसाईं सरेकी थिइन् । पाँच वर्षपछि भने पुनःलस एन्जेल्स फर्के । त्यसपछि अभिनय सिक्न ली स्ट्रासवर्ग थिएटर इन्स्टिच्युटमा भर्ना भएकी उनले त्यहाँ थुप्रै स्टेज शोमा काम गरिन् । १४ वर्षको उमेरमा अभिनय कक्षा छोडेर उनी निर्देशक बन्ने कोशिमा लागिन् । उनले लन्डन, न्यूयोर्क र लस ऐन्जेल्समा फेशन मोडलको काम पनि गरिन् । त्यतिबेला उनी प्राय? कालो पोशाकमा आफ्नो ब्वाय फ्रेण्डसँग हिड्ने गर्थिन् । ब्वायफ्रेन्डको साथ छुटेको दुईवर्षपछि उनले आफ्नी आमाको घर दुबेको एउटा ग्यारेजमाथिको सानो अपार्टमेन्ट भाडामा लिइन् । हाइस्कूलबाट ग्रायज्युयट उपाधी लिएपछि थिएटर अध्ययनमा फर्किन् । त्यतिबेला उनी जीउमा टाटु खोपाएर अल्लारे पंक शैलीमा हिड्दै ... आफूतर्फ अकर्षित गर्थिन् । किशोरावस्थाभरि र २० वर्ष उमेरको पूर्वाधारसम्म उनी वारम्बार आत्महत्यातर्फ नै अभिप्रेरित गराउने खालको डिप्रेसनको शिकार बनिन् । बिभर्ली हिल्स हाइस्कूलमा वरपरका धनाद्य परिवारको छोराछोरीमाझ उनी नितान्त एक्लिएकी कारण डिप्रेस थिइन् र उनकी आमाको आम्दानी अपुग थियो जसको कारण सायार्ठीहरुले उनको पातलो शरिर, चश्मा र साधारण पहिरनलाई लिएर निकै असाह्य ढंगले घोचपेच गर्ने गर्थे । उनले आफ्नो मनोभाव र पीडा पोख्ने व्यक्तिसमेत पाएनन् । परिणामस्वरुप आफैलाई चोट दिने कार्यतर्फ प्रेरित भइन् । नाम र दानम कमाइसकेपछि जोलीले विगत कोट्याइन ‘म प्राय छुरिहरु जम्मा पार्थें’ छुरिलगायत अन्य वस्तुहरुबाट रतग बग्ने गरी आफूलाई चोट लगाउँथे र पीडाको अनुभव गर्थें । त्यतिखेर शायद म आफू जिवीत भएको महशुस गर्थें म भित्रको पीडाको उकुसमुकुस निस्किएको जस्तो लाग्थ्यो । यो विधि केही हदसम्म मलाई थेरापि सावित भयो । उनले विभिन्न लागु औषध पनि सेवन गरिन् २० वर्षको उमेरसम्ममा हेरोइनलगायत सम्पूर्ण लागुपदार्थको स्वाद चाख्न भ्याएकी उनको लामो समयसम्म पिता भोइटसँगको सम्बन्ध सहज रहेन । सन् २००१ मा ‘टोम्ब राइडर’ मा देखा पारिन् । तर, तिनीहरुको सम्बन्ध पुन विग्रियो । सन् २००२ मा उनले लामो समयदेखि प्रयोग गर्दै आएको बाबुको नामको थर ‘भोइट’ बाट मुक्ति पाउन कानूनी सहारा लिइन् । सन् २००२ को १२ सेप्टेम्बरमा उनको सो इच्छा पूरा भयो । सोही वर्षको अगष्टमा भाइटले आफ्नी छोरीको मानसिक अवस्था ठिक नभएको दावीसमेत गरे । त्यसपछि पितादेखि टाढिएकी उनी सन् २००७ को २७ जनवरीमा आफ्नी आमाका पाठेघरको क्यान्सरबाट निधन भएपछि पुनः भोइटसँग नजिकिइन् । सन् १९९६ मा रोमियो एण्ड जुलियटको आधुनिक संस्करण ‘लभ इज अल देयर’ , ‘मोजामे मन–१९९६’,‘प्लेयिङ कार्ड–१९९७ मा ‘टु विमिन’ टेलिभिजन फिल्ममा खेलेकी जोलीले चर्चित संगीत समूह दि रोलिङ स्टोन्सको गीत ‘एनिबडी सिन माई बेबी ?’ को म्युजिक भिडियोमा एक स्ट्रिपरको भूमिका गरिन् । ‘फक्स फायर’ फिल्ममा आफूहरको यौन शोषण गर्ने एक शिक्षकलाई पिट्ने पाँच किशोरी मध्ये एक मार्गरेट ‘लेव्स’ सादेम्स्कीको भूमिकामा अभिनय गरेर उनले अपार लोकप्रियता कमाएकी थिइन् । ‘दि त्र्mयाडल अफ लाइफ–२००३, ‘मिस्टर एण्ड मिसेज स्मिथ (२००५), वान्टेड (२००८) नामक फिल्म तथा अ माइटी हार्ट (२००७), चेन्जलिङ (२००८) र इन दि ल्याण्ड अफ ब्लड एण्ड हनी (२०११) नामक नाटक उनका अन्य उत्कृष्ट प्रस्तुतिमा पर्छन् । अभिनेता जोन्नी ली मिल्लर विल्ली बब थोर्नटनसँग पारपाचुके गरेकी जोली अहिले अर्का हलिुवड अभिनो ब्रयाड पिटसँग बस्दै आएकी छिन् । जोली र पिटको ग्रहण गरिएका तीन सन्ता म्याडोक्स, प्याकस र जाहरा तथा तीनजना जैवीक सन्तान सिलोह, नोक्स र भिभिएन्ने छन् । अभिनय कालमा जोली अत्यन्तै निपुण मानिन्छिन् । सन् २००१ मा रिलिज भएको ‘लारा क्रोफ्टःटोम्ब राइडर’ले उनलाई अन्तरराष्ट्रिय सुपरस्टार बनाइदिइएको हो । उनले लारा क्रोफ्टको भूमिकामा अभिनय गर्न बेलायती शैलीको अंग्रेजी बोल्न र मार्शल आर्ट सिक्ने तालिम लिएकी थिइन् । महिला एक्शन स्टार प्रयोग भउको उक्त चलचित्रले विश्वभर २७ करोड ९० लाख अमेरिकी डलर कमाएको थियो । सन् २००२मा रिलिज भएको ‘लाइफ अर समथिङ लाइक इट’ मा उनले एक हप्ताभित्र मृत्यू वरण गर्न लागेकी एक महत्कांक्षी टेलिभिजन पत्रकारको जीवन अभियन गरेकी थिइन् । जोली र ब्रायड पिटले अभिनय गरेको एक्सन कमेडी फिल्म ‘मिस्टर एण्ड मिसेज स्मिथले’ विश्वभर ४८ करोड ८० लाख डलर आर्जन गरि सन् २००५ मा विश्वमै सर्वाधिक पैसा कमाउने सातौं चलचित्रको स्थान ओटेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger