Widgets

Home » » पुलिसलाई कुकुर भन्दा २ वर्ष खोरमा

पुलिसलाई कुकुर भन्दा २ वर्ष खोरमा

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बोल्दा प्वाच्च नबोल्नु भनेर बुढापाकाले भन्छन् । आगो ताप्नु मुढाको कुरो सुन्नु बुढाको भन्ने उखानलाई शिरोधार्य गर्दै बुढापाकाको यो उपदेश मान्ने हो भने भलो नै हुन्छ । विचारै नगरी जे पायो त्यहीँ बोल्दा कहिलेकाहीँ संकटै पर्नसक्छ । बोल्दा मात्र हो र ? कहिलेकाहीँ गित गाउँदा पनि ध्यान दिनुपर्ने रहेछ । जे पायो त्यहीँ शव्द भएको गीत गाउँदा समेत कहिलेकाहीँ ठूलै सजाय भोग्नुपर्दो रहेछ । यस्तै भएको छ ट्युनेशियाका एक गायकलाई ।
jail
र्याप गित गाउने एक ट्युनेशियाली गायकले २ वर्षको जेल सजाय पाएका छन् । ती गायकले आफ्नो गितमा पुलिसलाई अपमानजनक शव्दको प्रयोग गरेको ठहर गर्दै अदालतले यस्तो सजाय सुनाएको हो ।
वेल्ट एल फिप्टिन नामका ती गायकले गाएको गितमा पुलिसलाई कुकुर भनिएको छ र पुलिसले हिंसा फैलाइरहेको आरोप लगाइएको छ । अदालतबाट सजाय सुनाइएका गायक पक्राउ परिने डरमा अहिले फरार रहेको बताइएको छ ।
गित गाएको आरोपमा कलाकारलाई जेल सजाय सुनाइएपछि ट्युनिसियामा फेरी वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको बहस सुरु भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger