Widgets

Home » » चार दिनको फरकमा श्रीमान-श्रीमतीले आत्महत्या

चार दिनको फरकमा श्रीमान-श्रीमतीले आत्महत्या

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

aatmahatya

१४ चैत, सिन्धुपाल्चो । ‘काली, मर्न गाह्रो हुन्छ । तर पनि म मर्दैछु । काली, तिमीचाँही मर्ने ट्राइ नगर प्लिज । सक्छौ भने तिमी यो घर छाडेर जाउ ।- योर म्याड हस्बेन्ड/प्रदीप श्रेष्ठ। सिन्धुपाल्चोक सदरमुकाम चौतारा ७ का २२ बर्षका प्रदीप श्रेष्ठले शनिबार श्रीमती कल्पना श्रेष्ठलाई लेखेको पत्र हो, यो । यनले श्रीमती कल्पनाका नाममा सुसाइड नोट लेखेको केही समयमै विष सेवन गरेर यो संसार त्यागे । उनले सुसाइट नोटमा आफु मर्न लागेको तर श्रीमती कल्पनालाई नमर्न विशेष आग्रह गरेका थिए । तर, प्रदीपले भनेजस्तो भएन् । उनकी श्रीमती कल्पनाले पनि श्रीमानले आत्महत्या गरेको चार दिनपछि संसार त्यागिन् । फरक यति हो, श्रीमान् प्रदीपले मृत्युका लागि विषको सेवन गरेका थिए भने श्रीमती कल्पनाले पछ्यौराको पासो प्रयोग गरी आत्महत्या गरेकी थिइन् । श्रीमानको किरियामा बसेकी कल्पनाले मंगलबार घरमा रहेका पाहुनाहरुलाई दूध र विस्कुट खुवाइन् । र आफू भने बुइकलमा गएर कहिलेपनि नर्फकने गरी मृत्युको बाटो रोजेको खबर राजधानी दैनिकले छापेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । कल्पनाले श्रीमानको वियोग सहन नसकेर आत्महत्या गरेको भएपनि प्रदीपको मृत्युको कारण खुल्न सकेको छैन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger