Widgets

Home » , » छोटो पहिरनले हैरान प्रियंका

छोटो पहिरनले हैरान प्रियंका

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

हिरोइन भएपछि अनेक गर्नुपर्ने । राम्री देखिनका लागि जाडो महिनामा पनि छोटो र पातलो कपडा लगाउनुपर्ने । प्रचण्ड गर्मीमा चाहिँ बाक्ला लुगा लगाउनुपर्ने । हिरोइनहरूका लागि यो कसैले बनाइदिएको निश्चित नियम होइन, उनीहरू आफैंले अंगाल्ने फेसन शैली हो यो । मोडल तथा नायिका प्रियंका कार्कीले नेपाली फिल्म क्षेत्रलाई नै बेस्सरी गाली गरेर बनाइएको आफूले पनि खेलेको फिल्म कलिउडको पत्रकार सम्मेलनको अवसर के पाएकी थिइन्, फेसनको यही शैली पछ्याइन् । मञ्चबाहिर रहँदा त ठीकै थियो, छोटो पहिरनमा रहेकी प्रियंकालाई मञ्चमै गएर बस्नुपरेपछि भने साह्रै गाह्रो पर्यो । चलमलायो पहिरन सरेर भित्री पनि देखिएला भन्ने पीर, एकै शैलीमा बसिरहन कठिन । त्यसकारण उनी पत्रकार सम्मेलनभरि साह्रै असजिलो ढंगले बस्न र आफ्ना कपडा सम्हालिरहन बाध्य भइन् । त्यसैले त राम्रो देखिनुका साथै उठ्न, बस्न र हिँड्न पनि सरल हुने पहिरन छान्नुपर्छ भनेको नि मिसेस प्रियंका ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger