Widgets

Home » » फिल्मी शैलीमा जोगिए उप–सचिव

फिल्मी शैलीमा जोगिए उप–सचिव

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

gun fire

काल नआई मान्छे मर्दैन’ यो उक्ति पढ्दा यर्थाथवादीलाई अविश्वास लाग्छ सक्छ। हत्याको योजना सहित आएको समुहले छातीमा ताकेर गोली हान्दा समेत एक कर्मचारीलाई सामान्य चोट समेत नलाग्दा यो घटनाले यही उक्तिलाई पुन सम्झाएको छ। घटना महोत्तरीको हो। अनी ति भाग्यमानी हुन् शिक्षा मंत्रालयका उप सचिव बलबहादुर कार्की। जलेश्वरवाट वदिर्वास हिडेका उनलाई मोटरसाइकलले पच्छ्याइरहेको थियो। उनी जाउख चोकमा पुगेपछी मोटरसाइकलको गती केही कम भयो। त्यहीविचमा केही पड्कियो र सुस्त भएको मोटरसाईकल हुत्तिएर गयो। एनको छातीमा गोली लागिसकेको थियो। त्यही मोटरसाइकलमा आएकाहरुले उनको छाती ताकेर गोली हानेका थिए। उनले बुलेटप्रुफ ज्याकेट पनि लगाएका थिएनन्। गोली पनि निसानामै लागेपछी खड्कालाई सामान्य चोट पनि लागेन। आफ्नै लुगावाट पुतपुत धुँवा आउन थालेपछी मात्रै उनले चाल पाए। स्विटर र सर्टमा प्वाल परेको देखेपछी केही आत्तिए। विचमा दुईवटा प्रहरी चौकी भएपनी उनी आत्तिदै करिव ३० किलोमिटर परको हात्तिलेट चौकीमा पुगेपछी मात्रै प्रहरीलाई घटना बताए। उनको खल्तीम रहेको पर्स समेत प्वाल परेको थियो। प्रहरीले सबै हेरेर…तपाईलाई कसैले गोली हानेछ, तपाईको भाग्य बलियो रहेछ’ भनेपछी मात्रै उनले आफ्नो हत्या प्रयासको घटना थाहा पाएका थिए। गोली चलेपनी कुनै मानविय क्षती नभएकाले प्रहरीको संकट पनि टर्‍यो। उनीहरुले माथिल्लातहका हाकिमलाई घटनाबारे जानकारीदिँदा … गोली चल्यो तर, फिल्मी शैलीमा बाँचे’ भन्दै रिर्पोटिङ गरेका थिए। उनीमाथी गोली हानेको घटनाको जिम्मेवारी जनतांत्रिक तराई मुक्ति मोर्चाले लिएको थियो। उनीमाथी आफ्नो संगठनले कारवाही गरेको सो समुहका प्रमुख भनिने राजनले सञ्चारकर्मीलाई फोन गरेर जानकारी दिएका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger