Widgets

Home » » एमाओवादीको केन्द्रीय समिति ३ सय ९९ सदस्यीय - नामसमेत टुंगो लागेको दाबी

एमाओवादीको केन्द्रीय समिति ३ सय ९९ सदस्यीय - नामसमेत टुंगो लागेको दाबी

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१२ चैत, काठमाडौ । एकीकृत नेकपा माओवादीले ३ सय ९९ सदस्य रहेको जम्बो केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।
Maoist-Flagपार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित केन्द्रीय समिति बैठकले सानो केन्द्रीय समिति बनाउने हेटौंडा महाधिवेशनको म्यान्डेटका बाबजुद पुनः जम्बो समिति बनाउने निर्णय गरेको हो । ‘बैठकले १ सय ५१ पूर्ण सदस्य र २ सय ४८ जना बैकल्पिक गरी ३ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।’- बैठकपछि एक केन्द्रीय तथा प्रवक्ता अग्नि सापकोटाले अनलाइखबरलाई बताउनुभयो ।
नयाँ बन्ने केन्द्रीय सदस्यहरुको नामावलीसमेत लगभग तयार भैसकेको तर, केही बैठकबाट केही सुझावहरु आएकाले पदाधिकारी बैठकले पुनः गृहकार्य गरी त्यसलाई १७ गते बस्ने बैठकले अन्तिम रुप दिने सापकोटाले जानकारी दिनुभएको छ । ‘आजको बैठकले नामसमेत लगभग टुंगो लगाइसकेको छ, केही सुझाबहरु आएकाले पदाधिकारीले त्यसलाई हेरेपछि १७ गते फाइनल हुन्छ ।’- उहाँले भन्नुभयो ।
माघको अन्तिम साता हेटौडामा सम्पन्न सातौं महाधिवेशसनको हलले दुई अंकको -९९ सदस्यीय) केन्द्रीय समिति बनाउन म्यान्डेट दिएको थियो । महाधिवेशनमा केन्द्रीय आयोजक समितिले १ सय ५१ सदस्यीय समिति प्रस्ताव गरेको थियो । तीमध्ये ९८ हलबाट चुनिएका थिए भने बाँकी ५३ जना केन्द्रीय समिति बैठकले थप्ने निर्णय महाधिवेशनबाट गरिएको थियो ।
महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि आवश्यकता अनुसार वैकल्पिक सदस्य राख्न सकिने विधानमा व्यवस्था गरिएकाले त्यसैका आधारमा २ सय ४८ जना वैकल्पिक सदस्यको व्यवस्था गरिएको प्रवक्ता प्रवक्ता सापकोटाको तर्क छ ।
सोमबार बसेको केन्द्रीय समितिले आवश्यकता अनुसार वैकल्पिक सदस्य बनाउन सकिने विधानको व्यवस्थामाथि टेकेर २ सय ४८ जनालाई केन्द्रमा ल्याउने निर्णय गरेको हो । कम्युनिष्ट पार्टीको प्रचलन अनुसार केन्द्रीय समितिको बैठकमा बैकल्पिक सदस्यहरुलाई भोटिङको अधिकार हुँदैन । एमाओवादीको केन्द्रंीय समिति ३ सय ९९ सदस्यीय नै भए पनि बैठकको गणपूरक संख्या भने ७६ जनालाई मानिने छ । यसअघि एमाओवादीको महाधिवेशन आयोजक समिति २ सय ४० सदस्यीय मात्रै थियो
पार्टीको पूर्ण केन्द्रीय सदस्य बन्नका लागि हानाथाप गर्नेहरुको संख्या ठूलो भएकाले सबैको चित्त बुझाउन एमाओवादीले २ सय ४८ सदस्यीय वैकल्पिक सदस्य रहने व्यवस्था गरेको नेताहरुले बताएका छन् ।
यसैवीच एमाले परित्याग गरेका रामचन्द्र झालाई पार्टीमा प्रवेश गराउन एमाओवादीभित्र कुनै विवाद नरहेको पार्टी प्रवक्ता सापकोटाले अनलाइनखबरलाई बताउनुभयो । ‘मधेसका साथीहरुले विरोध गरेको प्रभार सही छैन । आजैमात्र श्रवण यादवले वक्तव्य निकाले झालाई स्वागत गर्नुभएको छ ।’- उहाँले भन्नुभयो । तर, झालाई जिम्मेवारी के दिने भन्नेबारे टुंगा्े लाग्न बाँकी रहेको प्रवक्ता सापकोटाको स्पष्टीकरण छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger