Widgets

Home » » के आर्यनलाई रेखा नै चाहिन्छ ?

के आर्यनलाई रेखा नै चाहिन्छ ?

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

आर्यन सिग्देल आफैले आफ्नो करिअरकै टर्निङ प्वाइन्ट मानेको सिनेमा ‘धुवाँ यो नशा’ले व्यापारमा हावा खाएपछि आजभोली नायक सिग्देलको दैनिकी पिडादायी भएको हुनुपर्छ । सिनेमाको प्रि प्रोडक्सनदेखी नै दिलोज्यान दिएर लागी परेको सिनेमाले नै सफलता हात नपारेपछि नायक सिग्देल अप्सेट हुनु स्वभाविक नै हो ।


हुन त नायक सिग्देल आफुले अभिनय गरेका निश्चित सिनेमाहरुमा मात्रै प्रोमोशनमा लाग्ने गर्दछन् । तर जति पनि उनले प्रमोसनमा सपोर्ट गरेका सिनेमा छन् ती सबैले बक्स अफिसमा कुनै कमाल देखाउन सकेका छैनन् । आर्यन अभिनित सिनेमाहरु ‘आइ.एम.सरी’ र ‘मेरो लभ स्टोरी’ जस्ता सिनेमाहरु पनि असफल सिनेमामा काउन्ट हुन्छन् । जुन सिनेमाहरुलाई पनि उनले ‘धुवाँ यो नशा’ लाई झै आँखा चिम्लेर सपोर्ट गरेका थिए ।



उनले अभिनय गरेका र त्यसमा पनि राम्रो व्यापार गर्छन् भनेर दावी गरिएका सिनेमाहरु लगातार असफल हुन थालेपछि सिनेमा क्षेत्रमा अब उनको भविष्य के हो त ? भन्ने प्रश्न उठ्न सक्छ । र, छिटपुटरुपमा उठ्न समेत थालिसकेको छ । यस्ता कुराले पक्कै पनि अब आर्यनको अगाडिको यात्रा त्यति सहज छैन ।


नायक सिग्देलका लागी नायिका रेखा थापा निकै लक्की मान्न सकिन्छ । किनकी नायिका थापाको ब्यानरमा निर्माण भएका र नायक सिग्देलले अभिनय गरेका सिनेमाहरु ‘कसले चोर्यो मेरो मन’, ‘हिफाजन’ र ‘किस्मत’ जस्ता सिनेमाहरु व्यवसायिक हिसावले सफल सिनेमा हुन् । तर जब रेखा र आर्यन बीच पानी बाराबारको स्थिति आयो त्यसपछि आर्यनको दशा सुरु भयो भन्दा फरक नपर्ला ।


रेखा क्याम्पबाट आउट हुने वित्तिकै नायक सिग्देलले ज्वाइन गरेका अन्य क्याम्पले उनको करियरलाई बुस्ट गर्न त सकेन नै बरु झन झन ओरालोतर्फ भने धकेल्यो । उता रेखाले पनि आर्यनसँग टक्कर लिन जस जसलाई सिने क्षेत्रमा भित्र्याइन् कसैसँग पनि उनको जोडी खासै जम्न सकेन । करियरको हिसाबले रेखा आफै पनि अन्यौलको स्थितिमा छिन् । त्यसैले अहिले सिने क्षेत्रमा के भन्न थालिएको छ भने रेखा र आर्यन पून प्याच अप हुन जरुरी छ । मूलधारका सिनेमाका दर्शकमाझ रहेको दुवैको स्टारपावरले मूलधारका सिनेमालाई केही मात्रामा राहत दिने विश्वास यो क्षेत्रमा गर्न थालिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger