Widgets

Home » » चाडै विवाह गर्दै जिया र भुवन

चाडै विवाह गर्दै जिया र भुवन

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कान्छी श्रीमती सुस्मीता वम्जनसँग छुटिएर पिडित बनेका नायक भुवन के.सीले बुटिक सञ्चालक सर्मिला ढगंगोलसँग हिमचिम बढाएपछि भने केही राहत महशुस गरेका थिए । तर सर्मिलाका श्रीमानले भुवनलाई बिच बाटोमै हेल्मेटले पड्काएपछि भने उनीहरु दुई बिचको सम्बन्धले व्रेक पाएको हल्ला सिने नगरीमा फैलिएको थियो । यस्तै लफडाबाट चर्चामा आइरहने नायक के.सी. अहिले ‘ए.टी.एम’ गर्ल जिया के.सीसँग नजीक भएको खबर सार्वजनिक भएको छ ।
Jiya K.C

प्राप्त जानकारी अनुसार भुवन र जिया सिनेमा ‘ए.टि.एम’ को सुटिङबाट नजिकिएका हुन् । स्रोतका अनुसार ‘ए.टी.एम’ मा भुवनको कुनै किसिमको रोल नभएपनि जियालाई भेट्न उनी सुटिङ सेटमै पुग्थे र जियालाई लिएर घुम्न निस्कन्थे । सुटिङ सेटबाट सुरु भएको उनीहरुको अफेयर अहिले दरवारमार्गस्थित रानी महल गजल घरसम्म पुगेको स्रोत बताउँछ । सुन्नमा आए अनुसार भुवन र जिया आजकल साँझ पर्न नपाउँदै जाडो मनाउन बिभिन्न क्याफेहरुमा देखिने गरेका छन् ।
Bhuwan K.C

भुवन जियालाई डेटिङमा मात्रै सिमित राख्न चाहदैनन् । श्रीमती नभएर सुनशान बनेको घरमा जियालाई चाँडै नै बेहुली बनाएर भित्र्याउने योजना पनि भुवनको छ रे । भुवन र जियाको विवाहले भुवनलाई प्रत्यक्ष फाईदा त पुग्छ नै साथमा जियालाई पनि फाइदा पुग्ने देखिन्छ । किनभने अहिलेसम्म प्रायः अश्लिल सिनेमाहरुमा देखिदै आएकी जियालाई भुवनसँग विवाह गरेपछि कतै राम्रो सिनेमाको ओइरो पो लागिहाल्छ कि !

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger