Widgets

Home » , » घटेन निशाको झगडिया बानी

घटेन निशाको झगडिया बानी

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नायिका निशा अधिकारी पछिल्लो समय नेपाली सिनेमा क्षेत्रकी मार्क गरिएकी नायिका हुन् । उनका थुप्रै सिनेमाहरु प्रदर्शनमा आइसकेका छन् । ब्यूटि पेजेन्टमा भाग लिएपछि टेलिभिजन सो र म्यूजिक भिडियो हुँदै सिने क्षेत्रतर्फ पाइला राखेकी निशा अधिकारी घमण्डी नायिका मानिन्छिन् । उनलाई आरोप लाग्ने गरेको छ– उनी अरुलाई मान्छे नै गन्दिनन् । त्यसैले उनीसँग ठाकठुक नपरेका निर्माता निर्देशक पाउनै गाह्रो छ ।
 Nisha Adhikari
एक समय आफ्नो फोटो खिचेको विषयलाई लिएर सञ्चारकर्मीसँग ठाकठुक गरे पश्चात बदनाम बनेकी निशा आजभोली भने निर्माता निर्देशकसँग झगडा गर्ने नायिकाको रुपमा परिचित छिन् । अहिलेसम्म काम गरेका अधिकांश निर्माता निर्देशकसँग उनको बोलचाल बन्द भएको छ । प्रदर्शन भइसकेका सिनेमाहरु ‘मायाज बार’ का निर्देशक दिनेश डिसी र ‘धुँवा यो नशा’ का निर्माता राम प्रसाद रिजाल एवम् निर्देशक लक्ष्मण रिजालसँग निशाको अहिले पानी बाराबारको स्थिति छ ।
Nisha Adhikari
साथमा निशा नै लिड क्यारेक्टरमा प्रस्तुत भएको सिनेमा ‘पद्मिनी’ टिमसँग समेत उनको बोलचाल बन्द भइसकेको हल्ला सार्वजनिक भएको छ । त्यस्तै एक अनटाइटल सिनेमाको सिटिङमा समेत उनले सिनेमाका लेखक तथा निर्देशकसँग आफ्नो रवाफ देखाइसकेकी छिन् रे । अर्कोतर्फ निशालाई निर्माताको पैसा डुबाएर बितरक पोस्ने नायिका भनेर पनि केही निर्माताहरुले आरोप लगाउने गरेको पाइएको छ । पछिल्लो समय उनी अभिनित सिनेमाहरुले खासै व्यापार गर्न नकस्नुले पनि निर्माताहरुको यो आरोपलाई केही हदसम्म सही मान्न सकिएला । 
Nisha Adhikari
केही समय अमेरिकामा फिल्म मेकिङको अध्ययन गरेर फर्किए पछि निशाको फुर्ति निकै बढेको आरोप सिने क्षेत्रमा लाग्ने गरेको छ । सिनेमामा निर्देशक र निर्मातालाई यसो गर्, उसो गर् भनी जान्ने पल्टिएर सिकाउने उनको बानीका कारण पनि निशासँग काम गरेका निर्माता निर्देशक रुष्ट बनेका हुन सक्छन् । सम्भावनायुक्त नायिका हुँदाहुँदै पनि निशाले झगडालु बानीमा परिवर्तन नल्याए एकदिन उनी सिने क्षेत्रबाट बाहिरिनु पर्ने अवस्था आउन सक्ने अड्कल समेत सिने क्षेत्रमा काट्न थालिसकिएको छ । 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger