Widgets

Home » , » साधारण अवस्थामा भन्दा चुरोट पिउने महिलालाई क्यान्सरको बढी खतरा

साधारण अवस्थामा भन्दा चुरोट पिउने महिलालाई क्यान्सरको बढी खतरा

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

images (1)
अन्य साधारण अवस्थामा भन्दा चुरोट पिउने महिलालाई फोक्सोमा क्यान्सर हुने बढी खतरा रहेको पाइएको छ।
अमेरिकामा हालै गरिएको एक अध्ययनले सो अवस्था देखाएको समाचारमा जनाइएको छ।
बुधबार प्रकाशित सो अध्ययनले सामान्य अवस्थाका अन्य महिलामा भन्दा चुरोट पिउने महिलामा फोक्सोको क्यान्सरको बढी खतरा रहेको पाइएको देखाइएको छ।
न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित सो अनुसन्धान प्रतिवेदनमा हालैका दशकमा फोक्सोको क्यान्सरका कारण महिलाको मृत्युमा बृद्धि भएको पाइएको पनि समाचारमा जनाइएको छ।


पचपन्न वर्ष र सोभन्दा बढी उमेरका करिब २२ लाख महिलामा गरिएको सो सर्वेक्षणमा उक्त तथ्य पाइएको सो जर्नलमा प्रकाशित समाचारमा जनाइएको छ।
ती महिलामध्ये सन् १९६० को दशकमा धुम्रपान गर्ने महिलामा यसअघि एवम् कहिल्यै धुम्रपान नगर्ने गरेका महिलामा भन्दा दोब्बर भन्दा बढी क्यान्सरको खतर रहेको पाइएको छ।
त्यसैगरी हालका धुम्रपान गर्ने महिलामा कहिल्यै धुम्रपान नगर्ने गरेका महिलामा भन्दा २५ प्रतिशत भन्दा बढी क्यान्सरको खतरा रहेको पाइएको पनि उल्लेख छ।
अमेरिकामा रहेको अमेरिकन क्यान्सर सोसाइटीको उपाध्यक्षका रुपमा काम गरिसक्नुभएका जनरल फिजिसियन माइकेल थनको नेतृत्वमा सो अुनसन्धान गरिएको थियो।
उनले भने- वितेका केही दशकमा महिलाका स्वास्थ्य समस्याहरूका बारेमा यो अनुसन्धान केन्द्रित रहेको थियो र यसबाट धुम्रपान गर्ने महिलाको अवस्थाका बारेमा यो तथ्य बाहिर ल्याउन सहयोग मिलेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger