भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

काठमाडौंमा स्कुल र कलेजमा टिनएजर्स समूहको लघुफिल्म देखाइरहेको छ- ब्याड कम्पनी । कुलतमा रहेका स्कुले र प्लस टूका युवायुवतीको कथामा आधारित लघुफिल्मको प्रतिक्रिया राम्रो पाएको निर्देशक कुवेर दंगालले बताए । लघु चलचित्र 'ब्याड कम्पनी'लाई स्कुल तथा कलेजहरुमा प्रदर्शन गरि सकारात्मक सन्देश प्रवाह गर्ने सोच रहेको उनले बताए । लघुफिल्ममा रामचन्द्र गौतम, विवेक र मनोज खड्का, सुजन दुर्व्यवसनीको भूमिकामामा छन् । लहैलहैमा कुलतमा फसेका विवेकको केन्द्रविन्दूमा बनेको लघुफिल्ममा उनी दुर्व्यवनी सुधार केन्द्रबाट अन्ततः पुरानै अवस्थामा फर्केको कथा छ । तर उनीसँगैका साथीहरुमध्ये केहीलाई एचआईभी भएको छ भने केहीले मृत्युवरण गर्नुपरेको छ । काठमाडौँका कलेज तथा होस्टलहरुमा लागु औषध दुर्व्यवसनी बढिरहेको प्रहरी तथ्यांकले देखाइरहेकाबेला सचेतना जगाउन आफ्नो लघुफिल्म सक्षम हुने निर्देशक दंगालले बताए । फिल्मको सहनिर्देशन मनोज खड्काले गरेका छन् । लघुफिल्ममा नेपाली कलाकारसँगै फ्रेन्च कलाकारले पनि अभिनय गरेका छन् । 'योङ डाइरेक्टरको फिल्म भए पनि राम्रो प्रतिक्रिया पाएँ,' निर्देशक दंगाल भन्छन्, 'अरु कामका लागि हौसला मिलेको छ ।'
Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.