Widgets

Home » » अण्डकोषको नसा फुल्ने रोग

अण्डकोषको नसा फुल्ने रोग

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उभिएको अवस्थामा खास गरेर देब्रे अण्डकोषको माथी नसाहरु फुलेर गुजुल्टीने, त्यतातिर भारी वा पिडा अनुभव हुने, देब्रे तिरको अण्डकोष सानो हुँदै जाने र दाहिनेको दाँजोमा तल झुण्डीएर बस्ने रोगले १५ प्रतिशत किशोर अवस्था नाघेका पुरुषहरुलाई असर गर्दछ । यो रोगको सुरुवात किशोर अवस्थामानै हुन्छ । यस्को मुख्य कारण अण्डकोषबाट प्रयोग भई सकेको रगत फर्काएर मुटु तिर लैजाने रगतको नसामा भएको दर्ुवलता हो । सामान्य अवस्थामा यस्ता नसाहरुको भल्भले रक्त संचार मुटु तिर मात्र हुन दिन्छ । तर भल्भमा कमजोरी भएका कारण एकतर्फमात्र रगत संचार गर्ने कार्यमा अर्समर्थता देखा पर्दछ । फलस्वरुप शरिर ठाडो भएको अवस्थामा रगत बिपरित दिशामा संचार भएर अण्डकोषका नसाहरु फुल्दछन् ।अण्डाशयमा भएको अवस्थामा अण्डकोषको तापक्रम शरीरको भन्दा करिव २ ड्रि्री सेन्टिग्रेडले कम हुन्छ । अण्डाशयको बनावट र रक्त संचारको एक तफिर् क्रमले गर्दा मात्र अण्डकोषको तापक्रम २ ड्रि्री कम संभव हुन्छ । रक्त संचारमा दर्ुवलता भएर रगतको संचारमा गडबडी भएपछि अण्डकोषमा चाहिने भन्दा बढी रगत एकत्रित हुन्छ । यस्ले गर्दा अण्डकोषको तापक्रम आवश्यकता अनुसारको नभएर सम्पर्ूण्ा शरीरको नगिच हुन पुग्दछ । यसरी अण्डकोषको तापक्रम बढेपछि शुक्राणु उत्पादनमा कमि आउँछ । त्यस अलावा बनेका शुक्रकिटहरुको पनि गति र आकारमा समेत नराम्रो असर पर्न जान्छ ।समय बित्दै गरे पछि यो रोगका कारण अण्डकोषको तौल पनि घटेर सुक्ने क्रम सुरु हुन्छ र यौन दर्ुवलता देखा पर्न सक्छ । रोगको निदान किशोर अवस्थाकै पछिल्लो बर्षरुमा वा भरखरै प्रोढ भएका पुरुषहरुले अण्डकोष तिर भारी वा पीडा अनुभव गरेका खण्डमा भ्यारिकोसील छैन भनि एकिन हुन भौतिक जाँच लगायत अल्ट्रासाउण्ड र वर्ीय जाँच गर्नु पर्ने हुन्छ । अण्डकोषको भौतिक जाँच गर्दा टाढै बाट देखिने गरि नसाहरु फुलेको देखिन सक्छ । यो जाँच गर्दा बिरामीलाई उठेको अवस्थामा हर्ेर्नु पर्छ । यदि देखिने गरि उक्त नसाहरु फुलेको र सन्नि भित्र गुचमुचिएर रहेको फेला परेनन भने बिरामीलाई लामो सास फेरे पछि नाक मुख बन्द गरेर सास रोकेर कन्न लगाएर अण्डकोष माथी नसाहरु फुल्छन कि भनेर हर्ेर्नु पर्दछ । यदि यसरी पनि नसा फुलेको नदेखिए वा औंलाले अण्डकोष माथी छाम्दा रगत थुप्रेको नसा बोध नभए अल्ट्रासाउण्डले डोपलर जा“च गर्नुपर्छ । डोपलर जा“च गर्दा अण्डकोष अडकाउने नलीका रगतका नसामा लामो सास फेरेर रोकेको बेला रगत उल्टो दिशामा माथीबाट तल र्झछ वा झर्दैन त्यो यकिन गर्न मिल्छ । सामान्य जाँच पडतालबाट पत्ता नलाग्ने भेरीकोसील यो डोपलर जा“चबाट देखा परे यसको आफ्नै महत्व हुन्छ । खास गरेर बाझोपनबाट पीडित पुरुषहरुको निम्ती यो निकै महत्वपर्ूण्ा सावित हुन सक्छ । बाझोपनबाट ग्रस्त पुरुष बिच ४० प्रतिशत भेरीकोसील देखापर्दछ । भेरीकोसील भएको अवस्थामा बिरामीहरुको वर्ीय जा“च गर्दा ‘तनाव’ नमुना ९क्तचभकक एबततभचल० को कमजोरी देखापर्दछ । त्यसको मतलव हो शुक्रकीटहरुको संख्यामा कमी हुन्छ, शुक्रकीट मध्ये ५० प्रतिशत भन्दा बढी गतीहिन हुन्छन र खाली १५ प्रतिशत शुक्रकीट मात्रै स्वाभाविक आकारका हुन्छन । भेरीकोसिल छैन भनि एकिन हुन खास गरेर बाँझो पनबाट पीडितहरुले भारी पन वा दर्द वा प्रष्ट देखिने गरि फुलेमा अण्डकोष माथीका नसा नहुँदा पनि सम्पर्ूण्ा जाँच गराउनै पर्दछ । ४५ नाघेका पुरुषको एक्कासी भेरीकोसिल देखा परे त्यसको कारण मृगौलाको क्यान्सर वा पेटमा अरु कुनै अर्वुद रोग हुन सक्ने भएकाले त्यो अवस्थाको जाँच हुनै पर्दछ । उपचार भेरीकोसिल रोगको निदान भएपछि सबै रोगीहरुको उपचार गर्नै पर्छ भन्ने छैन् । तर निम्न उल्लेखित अवस्थामा भेरीकोसिलको उपचार गराउनै पर्दछ । भेरीकोसील हुनेहरुको अण्डकोष २० प्रतिशत वा त्यो भन्दा बढीले सानो छ भने शल्यक्रिया गराउनै पर्दछ । यदी किशोर अवस्थामा भेरीकोसील हुनेहरुको अण्डकोष उमेर अनुसार बढ्ने क्रम देखा नपरे उनीहरुको पनि शल्यक्रिया गर्नु भविष्यमा निसन्तान हुनुबाट बच्ने मौका हो । खास गरेर बाँझोपनबाट पीडितहरुको लागि वर्ीयमा शुक्रकिटको संख्यामा कमी देखा परे वा शुक्रकिटको गती र आकारमा तनावपर्ूण्ा अवस्थाको नमूना फेलापरे भेरीकोसिलको शल्यक्रिया गरेर शुक्रकिटको संख्यात्मक र गुणात्मक सुधारको अपेक्षा राख्नु पर्दछ । भेरीकोसीलको कारणले अण्डकोषमा दर्द भएको रहेछ भने त्यसबाट मुक्त हुन शल्यक्रिया गराउनु पर्दछ । यो रोगको कारण फुलेको नसाले गर्दा ‘सबैको जस्तो अण्डाशय मेरो भएन’ भन्ने भावनाले बिरामीलाई पिरोलेको खण्डमा शल्यक्रिया एक मात्र उपचार वीधि हुन आउ“छ । शल्यक्रियाको जुनसुकै वीधि र तरीका अपनाएपनि मूल सिधान्त उल्टो दिशामा संचालन हुने रगतको नसालाई बाध्ने केहि भाग काटेर फाल्ने वा नसा भित्र केहि हालेर उक्त रक्त संचार पुरै बन्द गर्नु हो । शल्यक्रिया सामान्यतया ९० प्रतिशत सफल हुन्छ । तर शल्यक्रिया पछि शुक्रकिटमा पुरै सुधार आउँछ वा आउन सक्दैन त्यो अगाडी ठोकुवा गर्न मिल्दैन । निचोड भेरीकोसील एउटा ज्यादैनै फैलिएको तर बिरामी तथा चिकित्सकहरु दुबैबाट उचित ध्यान नदिईएको रोग हो । यो आम पुरुषहरु बिच १५ प्रतिशत र बा“झोपनबाट पीडित पुरुष बिच ४० प्रतिशत देखा पर्दछ । यो रोगले अण्डकोषमा भारीपन वा पीडा महशुस गराउँछ । यसबाट वर्ीयमा शुक्रकिटको संख्या घट्ने, उनिहरु बिच गती भएकाको संख्यापनि कम हुने र शुक्रकिटको अप्राकृतिक आकार बन्ने जस्ता खरावी देखा पर्दछन् । यो रोगबाट अण्डकोषको तौल घट्ने र त्यसबाट यौन दर्ुवलता पनि देखा पर्न सक्छ । बिरामीको भौतिक जा“च संगै, डोपलर जा“च र वर्ीय परिक्षण गर्नु पर्ने हुन्छ र रिपोर्टका आधारबाट पनि शल्यक्रिया गर्नु पर्ने छ छैन निर्ण्र्ाालिन सकिन्छ । यो रोगको उपचार गर्नु परे शल्यक्रियाबाट मात्र संभव हुन्छ । -लेखक, मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि. चावहिलका वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger