Widgets

Home » » तीनदिनभित्रै बजेट : अर्थमन्त्री

तीनदिनभित्रै बजेट : अर्थमन्त्री

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bajet

विराटनगर, चैत्र २४ - चुनावी सरकारका अर्थ मन्त्री शंकरप्रसाद कोइरालाल तीनदिन भित्र बजेट आउने बताएका छन् । शनिबार मोरङ व्यापार संघको ५९ औं साधारण सभा उद्‍घाटन गर्दै आपूर्ती तथा उद्योग मन्त्रालय समेत समालेका कोइरालाले बजेट ल्याउनका लागि राजनीतिक दलहरुसँग छफफल भइ सकेको बताए । 'तीनदिन भित्रमा तिन महिनाका लागि बजेट आउँछ, त्यस पछिको पूर्णर् बजेटका लागि समेत हामीहरुले काम थालीसकेका छौं,' उनले भने । बजेट गर्नै पर्ने र नगरी नहुने क्षेत्रलाई प्राथमिकतामा राखेर तयार पारिएको अर्थ मन्त्री कोइरालाको भनाइ थियो । ३ अर्व ५१ करोडको बजेट ल्याउनु पर्ने भएपनि निर्वाचनका कारण ५० देखि ५५ करोडसम्म थप भएर बजेट आउन सक्ने उनले बताए । 'बजेटको पहिलो प्राथमिकता निर्वाचन र त्यसको सुरक्षाका परेका छन्, हामीहरु जनु कामका लागि आएका हौं त्यो नै पहिलो प्राथमिकता हुन्छ,' उनले भने । उक्त अवसरमा अर्थ मन्त्री कोइरालाले उद्योगी व्यवसायीहरुलाई अहिले आउन आँटेको बजेट बाध्यताको भएकाले धेरै आशा नगर्न आग्रह गरे । 'यो बजेटले तपाईहरुका समस्यालाई समाधान गर्न सक्दैन, हामी अहिले पूर्ण बजेटको तयारीमा जुटेका छौं, तीन महिनापछि आउने त्यो बजेटले तपाईहरुका समस्यालाई सम्बोधन गर्छ,' उनले भने । आर्थिक एजेण्डालाई बोकेर हिड्न नभ्याएका कारण नेपालको अर्थतन्त्र ओरालो लागेको बताउँदै मन्त्री कोइरालाले भने, 'जबसम्म यो एजेण्डा बोकेर हिड्न सकिदैंन तबसम्म लोकतन्त्र बलियो हुँदैन् ।' दिनप्रति दिन व्यापार घाटा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री कोइरालाले आयात मुखी अर्थतन्त्रलाई सुर्धान सक्नु पर्नेमा जोड दिए । राजनीतिक गाँठो फुकाउन आफूहरु मन्त्री बनेको बताउँदै कोइरालाले भने, 'हामी दाँया वाँया नलागी निर्वाचनका लागि काम गर्छौ ।' समयमा नै निर्वाचन हुन सके अर्थतन्त्रलेपनि एउटा धार पक्डन सक्ने उनको भनाइ थियो । यो सरकारको आयु धेरै लामो नभएका कारण धेरै कुरा गर्न नसकिने र आश पनि नर्गन उनले उद्योगी व्यवसायीहरुसँग आग्रह गरे । उक्त कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले लामो समयदेखि पूर्ण बजेट आउन नसक्दा धेरै समस्या भोग्नु परेको बताए । अहिले तीन महिनाका लागि मात्र बजेट आउने भएपनि त्यसको पूर्ण बजेटका लागि सरकार अग्रसर हुनु पर्ने बताए । अब निजी क्षेत्रले सरकारको मुख ताक्ने कामलाई छोड्नु पर्ने बताउँदै अध्यक्ष वैद्यले सधैभरी नेतालाई गाली गर्ने अनी आफूहरु मात्र राम्रो भएको देखाउन खोज्न प्रवृतिले आर्थिक क्षेत्रको विकास हुन नसकेको बताए । कार्यक्रमा महासंघ उपाध्यक्ष भाष्करराज राजकर्णीकार, उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छा, पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष किसोर प्रधान लगायतले उद्योगीहरुका समस्या राखेका थिए । यसअघि विराटनगर उपमहानगरपालिका र मोरङ ब्यपार संघको संयुक्त लगानीमा निर्माण भएको विराटनगर विमान स्थल प्रवेशद्धावरमा बनेको गेटको उद्घाटन अर्थ मन्त्री कोइरालाले गरे । करीव २५ लाखको लागतमा उक्त गेट बनाएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger