Widgets

Home » , » हराएको विमान खिदिमको जंगलमा दुर्घटनाग्रस्त

हराएको विमान खिदिमको जंगलमा दुर्घटनाग्रस्त

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४ फागुन, काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबीबी टि्वनअटर जहाज अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको पुष्टि भएको छ । विमानमा रहेका १८ जनाको अवस्था अज्ञात छ ।
nepal-airlinesत्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टावर स्रोतले दिएको जानकारी अनुसार विमान आगलागी भएको अवस्थामा भेटिएको छ । उद्दारका लागि टोली जाँदैछ ।
सशस्त्र प्रहरी स्रोतले पनि पाल्पा, अर्घाखाची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको बताएको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार पाल्पा, अर्घाखाँची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको छ र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको छ ।
विमानमा चालक दलका ३ सदस्य र १५ जना यात्रु थिए । १५ यात्रु मध्ये एक बच्चा रहेका छन् । पोखरामा रिफ्युलिङ गरेर १२:४० मा उडेको विमानले अन्तिम पटक पोखरा टावरसँग १ बजेर ६ मिनेटमा सम्पर्क गरेको थियो । काठमाडौंसँग ६ मिनेट र भैरहवा टावरसँग २ बजेर १३ मिनेटमा सम्पर्क भएपनि कुराकानी हुन पाएको थिएन ।
विमान जुम्लामा पौन २ बजे नै अवतरण भइसक्नु पर्ने थियो । तर, अहिलेसम्म सम्पर्कमा आएको छैन । विमानको खोजी भइरहेको पोखरा विमानस्थलका एयर ट्राफिक प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिएका छन् ।
खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर उडेको छ भने नेपालगञ्जबाट आउँदै गरेको फिस्टेल एयरको विमानलाई पनि हेर्न भनिएको छ । अर्धाखाँची र पाल्पालाई केन्द्र बनाएर खोजी भइरहेको छ ।
Khidim-map
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger