Widgets

Home » , » एपीएफमाथि थ्रीस्टार क्लबको संघर्षपूर्ण जित एपीएफ २-१ ले पराजित

एपीएफमाथि थ्रीस्टार क्लबको संघर्षपूर्ण जित एपीएफ २-१ ले पराजित

Written By sangalo on Wednesday, February 19, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ फागुन, काठमाडौँ ।  राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा डिफेन्डिङ च्याम्पिएन थ्रीस्टार क्लबले  सशस्त्र प्रहरीको एपीएफ क्लबलार्इ पराजित गरेको छ । Three-stars-player-celebratबुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि २-१ को कठिन जित दर्ता गर्दै लिग एक दिनका लागि भएपनि  तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । खेलको २२ औँ मिनेटमा कप्तान सन्तोष साहुखलले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाए ।
तर त्यो अग्रता आधा घण्टा पनि टिकाउन थ्रीस्टार असफल रह्यो । खेलको ५३ औँ मिनेटमा एपीएफका भेट्रान स्ट्राइकर गणेश लावतीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उपाधि होड कायमै राख्न एपीएफ विरुद्ध जित निकाल्नै पर्ने दबाबमा रहेको थ्रीस्टारले दोस्रो हाफमा गोल खाएपछि केही आक्रामण खेल प्रस्तुत गरेको थियो ।
अतिरित्त समयको ९२ औँ मिनेटमा निराजन खड्काले गोल गर्दै थ्रीस्टारलाई पुनः अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र खेल थ्रीस्टारले २-१ ले जित्यो । खेलमा दुबै टोलीले गोल गर्ने केही मौका गुमाएका थिए ।
जितपछि थि्रस्टारले शिर्ष स्थानमा रहेको मनाङमर्स्याङदी क्लबसँग अंक दूरी छोट्याएको छ । जितसँगै २८ अंक जोडेको थि्रस्टार एक दिनका लागि भएपनि लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टार भन्दा एक खेल कम खेलेको मनाङ २९ अंकका साथ शीर्ष स्थानमा छ भने पुलिसको २६ तथा मच्छिन्द्रको २५ अंक छ ।
तस्वीर साभार : गोल नेपाल डटकम 
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger