Widgets

Home » » आजको राशिफल

आजको राशिफल

Written By sangalo on Monday, February 17, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन चुनौती र परीक्षणका रुपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । व्यापारव्यवसाय र उद्योगधन्दामा फाइदा नै हुनेछ। वैदेशिक यात्राका लागि गरिएको प्रयास सफल हुनेछ। ऋणसापटी लिनदिन आजको दिन अनुकूल हुँदैन, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । शत्रुसित सजग रहनुहोला।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसम्मानमा बृद्धि हुनेछ। आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ। बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ। पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, आफन्त वा परिवारकै सदस्यबाट धोका हुनसक्छ। तर मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ। आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको पराक्रम र उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र व्यापारव्यवसायमा विशेष फाइदाको योग छ। प्रतिस्पर्र्धीहरु परास्त हुनेछन्। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ। कृषिकर्म वा श्रममूलक काममा सामान्य चुनौतीको सम्भावना छ। कुनै नयाँ काममा हात हाल्ने समयसमेत छ, प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मनपर्ने वस्त्र, अलंकार आदि खरिद गर्ने वा उपहार पाइने योग छ। स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ। मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज मन उत्ताउलो बन्न सक्छ, त्यसैले क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु बेस हुनेछ। नियमित र दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ। गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ। नोकरी गर्नेहरुले हाकिमबाट महत्त्वपूर्ण कुरा फुत्काउन सक्छन्। नयाँ योजना कार्यान्वयन हुनेछ, तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज विदेश वा प्रवासमा बसेर कामधन्दार व्यवसाय गर्नेहरुले राम्रो लाभ प्राप्त गर्नसक्छन्। तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ। काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्। शरीरमा थकान र आलस्य देखिनसक्छ र खर्चको मात्रासमेत बढ्नेछ। आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन राम्रो छ, विगतमा गरिएको श्रमको समुचित मूल्याङ्ककन हुनेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, तर धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, त्यसैले आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत छ। आलोचनाबाट बच्ने प्रयास गर्नुहोला। तर श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ। कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ। व्यापारमा लाभ हुनेछ। समाजमा तपाईंको प्रतिभाको कदर हुनेछ। नयाँ ज्ञान प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर आएको छ। रोकिएका कामहरू बन्न सक्छन्। तर अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन्। कामको चाप र दायित्व बढ्नेछ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ। धार्मिक गतिविधि र परोपकारका काममा रुचि जाग्नेछ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतमा आफूले गरेका कमीकमजोरीको परिणाम देखा पर्नसक्छ । पुराना समस्या, चुनौती र सम्झनाले सताउने समय छ। सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ। आज लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ, खासगरी सवारी साधन चलाउँदा वा बाटो काट्दा निकै होस राख्नुहोला। स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज रमाइलो दिन छ। काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ। घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। कतै मेजमानीको अनुकूलता समेत प्राप्त हुनसक्छ, दाम्पत्यसम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने बेला छ । सोचेका कामहरू सहजै सम्पादन हुनेछन्। व्यापारव्यवसाय र साझेदारीबाट लाभ मिल्नेछ। सवारी साधनको माध्यमबाटसमेत लाभ मिल्नेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger