Widgets

Home » , » सूर्यबहादुरका तीन पुस्ता चुनाव लड्दै, लोकेन्द्रका पनि बाबुछोरा भिड्ने

सूर्यबहादुरका तीन पुस्ता चुनाव लड्दै, लोकेन्द्रका पनि बाबुछोरा भिड्ने

Written By sangalo on Wednesday, September 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० भदौ, काठमाण्डौं । आगामी संविधानसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाका तीन पुस्ताले उम्मेदवारी दिने भएको छ ।
surya bahadur thapaसूर्यबहादुर थापा, उनका छोरा सुनील थापा र नाति सिद्धार्थ थापाले चुनाव लड्ने भएका हुन् । सूर्यबहादुरका दाईका छोरा विराट थापाले पनि उम्मेदवारी दिने भएका छन् ।
सूर्यबहादुर थापाको नाम धनकुटा २ बाट सिफारिस भएको छ भने सुनीलको नाम सर्लाही ४ बाट सिफारिस भएको छ । विराट थापा र सिद्धार्थ थापाले भने मोरङबाट उम्मेदवारी दिने तयारी गरेका छन् । केही दिनअघि भएको राप्रपाको महाधिवेशनमा सुनील थापाले दोस्रो नम्बरमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा चुनाव जितेका थिए ।
यस्तै राप्रपाका बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दका बाबुछोराले नै आगामी संविधानसभाको चुनावमा उम्मेदवारी दिने भएको नयाँ पत्रिकामा खबर छ । लोकेन्द्रको नाम बैतडी २ बाट र जयन्तको नाम कञ्चनपुर ४ बाट सिफारिस भएको छ । जयन्तले राप्रपाको महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा चुनाव जितेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger