Widgets

Home » , » चक्रेका सहयोगी भण्डारी पक्राउ

चक्रेका सहयोगी भण्डारी पक्राउ

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं– रकम नदिएको झोकमा कामदारलाई एक्जाभेटरभित्रै थुनेर आगो लगाई हत्या प्रयासको अभियोगमा तीन वर्षदेखि फरार रहेका राजु भण्डारी पक्राउ परेका छन्। भण्डारी र खत्री लगायतको समूहले २०६७ फागुन ११ गते धापासीको ह्याबिट्याट हाउजिङमा रहेको बा१क ५५०० नम्बरको एक्जाभेटरका सहचालक यादव सिलवाललाई भित्रै थुनेर आगो लगाइदिएका थिए। अनुसन्धानमा केन्द्रीय कारागारमा रहेका मिलन गुरुङ (चक्रे) ले सो हाउजिङका सञ्चालकसँग रकम माग गरेको र नपाएपछि सहयोगीमार्फत तोडफोड गराएको खुलेको थियो। प्रहरीले घटनामा संलग्न निराजन पौडेल लगायतकालाई पक्राउ गरी ज्यान मार्ने र आगजनीको अभियोगमा मुद्दा दर्ता गरेको थियो। फरार भनिएका भण्डारी महाराजगन्ज क्षेत्रमै रहेको र पुनः धम्क्याएर रकम असुलीमा सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार बेलुका उनलाई बसुन्धरामा फेला पारेको महानगरीय प्रहरी आयुक्त कार्यालयले सोमबार जानकारी दिएको छ। भण्डारी र निराजन दुवै चक्रे समूहका सदस्य हुन्। उनीहरु चक्रे समूहमा आबद्ध रहेर रकम असुलीमा सक्रिय रहेको अनुसन्धानरत प्रहरी अधिकारी बताउँछन्। लागूऔषध र हातहतियार तथा खरखजानामा पाँच वर्षदेखि चक्रे केन्द्रीय कारागारमा रहे पनि उनले कारागारभित्रैबाट आफ्ना समूह परिचालन गरी आपराधिक घटना गराउने गरेको पुष्टि भएपछि कारागार व्यवस्था विभागले उनलाई केही समय केन्द्रीय कारागारभित्रको गोलघरमा राखेको थियो। उनको चरित्रमा सुधार आएको भन्दै कारागार प्रशासनले उनलाई गोलघरबाहिर निकालेपछि पुनः प्रहरीसहित खिचिएको तस्बिर फेसबुकमार्फत सार्वजनिक भएको थियो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger