Widgets

Home » » चोरीको मोबाइल नचल्ने

चोरीको मोबाइल नचल्ने

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mobile
कतै मोबाइल भेट्टाउनुभयो वा कसैले सस्तोमा बेच्न लागेको फोन लिएर चलाउने सोच बनाउनुभएको छ भने त्यो सोच तत्काल छोड्नुहोस्। अनि महँगो मोबाइल हरायो भने पनि फेला पार्ने आशा पनि नमारिहाल्नुहोस्। किनभने नेपाल टेलिकमले मोबाइल हराउनेहरूलाई सजिलो बनाइदिएको छ। टेलिकमले सञ्चालनमा ल्याएको १ करोड जीएसएम मोबाइल लाइन अन्तर्गतको ४८ लाख लाइन मोबाइल वितरणसँगै हराएका तथा चोरी भएका मोबाइलहरू चलाउनै नमिल्ने बनाउन सकिने हुनेछ। टेलिकमले १ करोड मोबाइल लाइन विस्तारसँगै नयाँ नेटवर्कको विस्तार गरेपछि हराएको तथा चोरी भएको मोबाइल सेट बन्द गर्न सकिने सुविधा थपिनेछ। मोबाइल सेवा निर्देशनालयका अनुसार इक्युपमेन्ट आइडेन्टीटी रजिस्टर (इआइआर) सेवा सञ्चालनमा ल्याएपछि हराएका तथा चोरी भएका मोबाइल सेट चलाउनै नसकिने गरेर बन्द गराउन सकिन्छ। नेपाल टेलिकमको मोबाइल चलाउने उपभोक्ताले यो सेवा लिन मोबाइल सेट खरिद गरेको भ्याट बिल पेस गर्नुपर्नेछ। भ्याट तिरेर किनेका मोबाइल सेटको आइएमइआइ (इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टीटी) नम्बर टेलिकमलाई उपलब्ध गराएपछि टेलिकमले त्यसैको आधारमा मोबाइल सेटलाई ब्लक गरिदिन्छ। अहिले महँगा फोनसेटको प्रयोगसँगै हराउने तथा चोरी हुने घटनाहरू पनि बढिरहेका छन्। यो सेवा प्रारम्भ भएपछि मोबाइल हराएर हैरान भएकाहरूलाई राहत मिल्ने देखिन्छ। आफूले चलाउन नसक्ने भएपछि हराएका फोन भेटिने तथा फेला पार्नेले सम्पर्क गरेर फिर्ता दिने सम्भावना पनि बढी हुनेछ। निजी मोबाइल सेवा प्रदायक एनसेलले अहिले नै इआइआरमार्फत कुन मोबाइल कसले चलाइरहेको छ त्यसको जानकारी दिने सेवा उपलब्ध गराइरहेको छ। सामसुङ मोबाइलको अधिकृत बिक्रेता आइएमएसले एनसेलसँगको सहकार्यमा आइएमइआइका आधारमा मोबाइल सेट प्रयोगकर्ताको जानकारी लिएर चोरी भएका मोबाइलको जानकारी हासिल गर्ने र कारबाही अघि बढाउने गरेको छ। आइएमएसले यही आधारमा सामसुङका महँगा मोबाइल सेटमा चोरी तथा लुटिएको अवस्थामा बीमा सुविधा पनि प्रदान गर्दै आएको छ। इआइआर र आइएमइआइको माध्यमबाट मोबाइल प्रयोगकर्ताका बारेमा धेरै जानकारी लिन सकिन्छ। मोबाइल प्रयोगकर्ता रहेको ठाउँदेखि कुन मोबाइल सेटमा कुन नम्बर प्रयोग भएको छ सबै थाहा पाउन सकिन्छ। इआइआर र आइएमइआइको माध्यमबाट प्रयोगकर्ताका बारेमा धेरै जानकारी पाउन सकिने भएकाले यसबाट प्राप्त हुने जानकारी अपराध अनुसन्धानमा बाहेक अन्य अवस्थामा अनि नै गोप्य राखिन्छ। विभिन्न मुलुकमा व्यावसायिक लाभका लागि यसबाट प्राप्त हुने सूचनाहरू सेवा प्रदायकहरूले आपmनो सेवा प्रयोग गर्ने कर्पोरेट हाउसहरूलाई बाँडेको पनि पाइन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger