भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पुख्र्यौली घर दार्जीलिङ भएकी प्रतिमा सन् २००९ देखि अभिनय क्षेत्रमा सक्रिय छिन् । करिब पाँच वर्षअघि सिलिगुडीबाट अभिनय गर्ने लक्ष्यसहित कलकत्ता पुगेपछि उनले त्यहाँ फोटोसेसन गर्दै संघर्ष प्रारम्भ गरिन् । कत्थक नृत्यमा विशारद हासिल गरेर कुशल नृत्यांगनाका रूपमा समेत परिचय बनाएकी प्रतिमाले कलकत्तामै छँदा केही म्युजिक भिडियोमा समेत अभिनय गरिन् । त्यस क्रममा उनलाई नेपाली चलचित्रका नृत्य निर्देशक कमल राईले पवन चाम्लिङको एउटा नेपाली गीतको म्युजिक भिडियोमा पनि अभिनय गराए । राईले नै प्रतिमालाई सन् २००९ मा नेपाली चलचित्र 'जीवनगाथा' मा नायिकाका रूपमा डेब्यु गराए । त्यसपछि प्रतिमासमक्ष भारतका क्षेत्रीय भाषामा चलचित्र निर्माण गर्ने निर्माता-निर्देशकले अभिनयका लागि प्रस्ताव राखे ।
'भारतमा जन्मिएर उतैको नागरिक भए पनि म नेपालीभाषी हुँ, नेपाल मेरो मनमा छ, म नेपालीमूलकी भारतीय हुँ,' प्रतिमा भन्छिन्— 'निर्देशक तुलसी घिमिरेको चलचित्र 'दृष्टिकोण' मा अभिनय गनुर्को कारण पनि त्यही नै हो ।' कत्थक नृत्यमा औपचारिक शिक्षा लिए पनि प्रतिमा प्रायः सबै विधा नृत्यमा पारंगत छिन् । सन् २००७ मा सिलिगुडीमा सम्पन्न लेक्मी बेस्ट हेयर कन्टेष्टमा विजयी भैसकेकी प्रतिमाले सन् २००८ मा सम्पन्न 'मिस बंगाल' मा समेत बेस्ट स्माइलको उपाधि जितेकी थिइन् ।
सिलिगुडीलगायत पश्चिम बंगाल, आसाम, मिजोरम आदि क्षेत्रका दर्शकमाझ स्थापित नायिकाको छवि बनाइसकेकी प्रतिमा चलचित्र 'दृष्टिकोण' को अभिनयबाट सन्तुष्ट छिन् । 'दृष्टिकोणमा सेकेन्ड लिड रोलमा प्रस्तुत भएकी छु,' प्रतिमा भन्छिन्— 'भारतमा निर्माण भएका अधिकांश चलचित्रमा म साधारण युवतीको भूमिकामा प्रस्तुत भैरहेकी थिएँ, दृष्टिकोणमा भने पहिलो पटक बार डान्सरको बोल्ड भूमिकामा छु ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.