भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ साउन, काठमाण्डौं । संविधानसभा निर्वाचनको तयारी र जनसम्बन्ध सुदृढीकरणका लागि एकमहिने अभियान सुरु गर्न नपाउँदै एकीकृत नेकपा माओवादीमा उम्मेदवार बन्ने लबिङ सुरु भएको छ । चुनावमा टिकट लिन २ सय ४० ओटै क्षेत्रका सम्भावित उम्मेदवारहरूले आफ्नो पक्षमा लबिङ थालेका हुन् ।
एमाओवादीले जिल्लामा पार्टीको अवस्था, प्रतिस्पर्धी पार्टीहरूको अवस्था, पार्टी विभाजनपछि नेकपा–माओवादीमा गएकाहरूको तथ्यांक संकलन र सम्भावित उम्मेदवारहरूको नामावलीसहितको रिपोर्ट तयार पार्न पार्टी केन्द्रीय सदस्य तथा सल्लाहकारहरूलाई कार्यविभाजन गरेर निर्वाचन क्षेत्र पठाएको छ । १० साउनदेखि अभियान सुरु गरे पनि मंगलबारबाट मात्रै त्यसलाई देशव्यापी बनाउने एमाओवादीको भनाइ छ । पार्टीले सम्भावित उम्मेदवारहरूले लबिङ नगरून् र वास्तविक तथ्यांकसहितको रिपोर्ट केन्द्रमा ल्याउन भनेर नेताहरूलाई फरक कार्यक्षेत्र पठाए पनि त्यस्तो सम्भावनाको सुरुआतकै अवस्थामा झट्का लाग्ने गरी संकेत आउन थालेको एक नेताले बताए । ‘उम्मेदवारका आकांक्षीहरूले अहिले आफ्नो निर्वाचन क्षेत्रमा जनसम्बन्ध अभियानका क्रममा खटिने नेताहरूलाई भेटेरै आफ्नो पक्षमा माहोल सिर्जना गरिदिन अनुनयविनय गर्न थालेका छन्,’ एक नेताले भने ।
स्रोतका अनुसार एकमहिने अभियानका क्रममा खटिएका केन्द्रीय नेताहरूलाई लबिङ गर्नेमा सबैभन्दा बढी पार्टीको सातौं महाधिवशनबाट पहिलो पटक केन्द्रीय समितिमा परेकाहरू र राज्यसमिति स्तरका नेता छन् । उनीहरूले पार्टी विभाजनको अवस्थामा पार्टीको साख बचाउन आफूले निर्वाह गरेको भूमिकादेखि अन्य वस्तुस्थितिबारे जानकारी गराउँदै आफ्नो पक्षमा लबिङ थालेका हुन् । अभियान टोलीले सम्भावित उम्मेदवारको नाम पनि ठोस गर्ने भएकाले आकांक्षीहरूले लबिङ थालेको देखिन्छ । यद्यपि, एमाओवादीले अभियानबाट कम्तीमा पनि ८० प्रतिशत सही विवरण केन्द्रमा ल्याउने भएकाले कोहीकसैले लबिङ थाले पनि अर्थ नहुने बताएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.