Widgets

Home » » रातको जागिर गर्ने महिलामा स्तन क्यान्सरको खतरा

रातको जागिर गर्ने महिलामा स्तन क्यान्सरको खतरा

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पछिल्लो पटक गरिएको एक अध्ययनले अनौठो तर डरलाग्दो तथ्यबाहिर ल्याएको छ । अध्ययन अनुसार रातको समयमा जागिर गर्ने महिलामा स्तन क्यान्सर हुने खतरा हुन्छ । शोधकर्ताहरुका अनुसार जो महिलालगातार ३० वर्ष वा सो भन्दा बढि रात्रीकालीन नोकरी गर्छन् उनीहरुमा स्तन क्यान्सर हुने खतरा दिउसोको समयमा जागिर गर्ने महिलामा भन्दा बढि हुन्छ ।
शोधकर्ताहरुका अनुसार रातको समयमाहुने कृत्रिम प्रकाशले महिलाको सरीरमा हुने रासायनिक क्रियाहरुमा बाधा उत्पन्न गर्नसक्छ । जसका कारण महिलामा टयुमर पैदा हुनसक्छ र क्यान्सर लाग्नसक्छ ।
433085f  Breast Cancer Screening
क्यानडाका शोधकर्ताहरुले यो निष्कर्षमा पुग्ने क्रममा स्तनक्यान्सरबाट पीडित १ हजार जनाभन्दा बढि महिलामा अध्ययन गरेका थिए । अध्ययनको क्रममा के पाइयो भने एक स्तन क्यान्सरबाट पीडित मध्ये एक तिहाइ महिलाले रातको समयमा नोकरी गर्थे, यसमा नर्स, विमान कर्मचारी तथा होटलका रिसेप्सनिष्ट लगायतका थिए ।
यद्यपि छोटो समयमा रात्रीकालीन जागिरका कारण स्तनक्यान्सर भै हाल्ने खतरा भने नरहेको भन्दै शोधकर्ताहरुले लामो समयको रात्रीकालीन जागिर भने महिलाहरुका लागि हानिकारक रहेको बताएका छन् । खासगरी तिस वर्षसम्मलगातार रातको नोकरी गर्ने महिलामा स्तनक्यान्सरको खतरा निकै बढि हुने उनीहरुको निष्कर्ष छ ।
विशेषज्ञहरुका अनुसार रातको कृत्रिम प्रकाशले महिलाको सरीरको प्राकृतिक निद्रा चक्र तथा हर्मोन प्रक्रियामा गडबडी उत्पन्न गराउँछ । जसकाकारण स्तनक्यान्सर तथा टयुमर विकाशहुने सम्भावना हुन्छ । यो कृत्रिम प्रकाशले खासगरी मेलाटोनिन नामक हर्मोनको उत्पादनलाई कम गर्छ । मानिसको सरीरमा क्यान्सर प्रतिरोधीहर्मोनको रुपमा काम गर्ने यो हर्मोनको उत्पादनमा बाधा उत्पन्नभएसँगै मानिसमा क्यान्सरको खतरा स्वतः बढ्छ । साथै कृत्रिमप्रकाशले ओएस्ट्रोजन हर्मोनको उत्पादन बढाउँछ जसले क्यान्सरलाई बढावा दिनसक्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger