Widgets

Home » » 'स्वस्थ्य प्रतिस्पर्धाबाट मात्र लाहुरेमा भर्ती हुन सकिन्छ

'स्वस्थ्य प्रतिस्पर्धाबाट मात्र लाहुरेमा भर्ती हुन सकिन्छ

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


गत जेठ १६ गतेदेखि बि्रटिस आर्मी तथा सिंगापुर पुलिसका लागि आवेदन खुला भएको छ। पूर्व र पश्चिम दुई क्षेत्रबाट लिइने आवेदन भर्ना असार २६ सम्म जारी रहन्छ। त्यसपछि हुने दुई चरणको छनौट प्रक्रिया पार गरेर 'लाहुरे' बन्न सकिन्छ। 

हाम्रो समाजमा लाहुरेको छुट्टै क्रेज छ। यसका लागि कसैको कृपाको आवश्यकता छैन, न नातागोता वा सम्बन्ध नै हुनुपर्छ। घुस लिने/दिने प्रथा पनि छैन। स्वस्थ्य प्रतिस्पर्धाबाट आफूलाई अब्बल सावित गरेपछि लाहुरेको बाटो खुल्छ। त्यसैले देशभरका हजारौं युवा लाहुरे बन्ने दौडमा स्वतःस्फूर्त लाग्ने गरेका छन्। लाहुरे बन्ने प्रक्रियाका सम्बन्धमा प्रशस्त अन्योल तथा भ्रम व्याप्त छ। यस्तो स्थितिमा सही दिशानिर्देशको अभावमा थुप्रै युवाको 'सपना' तुहिने गरेको छ। त्यसैले यस विषयमा सत्य तथ्य बुझ्न आवश्यक छ। 

शारीरिक तन्दुरुस्ती, बौद्धिक क्षमता एवं चरित्रको मूल्यांकन गरेर लाहुरेका लागि योग्य व्यक्ति छनौट गरिन्छ। कसैलाई भ्रममा पारेर वा पैसा दिएर लाहुरे बन्छु भन्नु मूर्खता मात्र हो। पिटिआई -फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर), गल्लावाल कसैले पनि आफ्नो व्यक्तिगत चाहना वा प्रयासमा लाहुरे बनाउन सक्दैनन्। यसमा आफ्नो क्षमता एवं पर्फर्मेन्सकै मात्र भूमिका हुन्छ। 

'दलाललाई पैसा दिएपछि भर्तीमा लगाइदिन्छ' भन्ने प्रलोभनमा परेर लाखौं रुपैयाँ डुबाइएका किस्साहरू निकै सुन्न पाइन्छ। स्पष्ट कुरा के हो भने, लाहुरे बन्ने यो प्रक्रियाभित्र कहीं पनि दलालको स्थान हुँदैन। यसमा 'दलालको चलखेल हुन्छ' भन्ने कुरा निराधार छ। स्वस्थ्य प्रतिस्पर्धाबाट मात्र लाहुरेमा भर्ती हुन सकिन्छ। 

पछिल्लो समय लाहुरेका लागि पूर्व अभ्यास गराउने अनेकौं तालिम केन्द्रहरू सञ्चालनमा छन्। काठमाडौंमा १८, पोखरामा १६, धरानमा १२ तथा बुटवलमा ४ वटा तालिम केन्द्र आधिकारिक रूपमा सञ्चालित छन्। ती तालिम केन्द्रहरूले लाहुरेका लागि आवश्यक तयारी कक्षा मात्र सञ्चालन गर्ने हो। भर्ती प्रक्रियामा उनीहरूको कुनै पनि भूमिका हँुदैन। 'तालिम केन्द्रलाई पैसा ख्वाएपछि भर्ती गराइदिन्छ' भन्ने सोचाइ नराखे हुन्छ। यदि कुनै तालिम केन्द्रले यस किसिमको प्रलोभनमा पारी काम गरेको पाइए तुरुन्त उजुरी गर्न सकिन्छ। 

पूर्वअभ्यासका लागि शुल्क

यस्ता तालिम केन्द्रहरूले लिनुपर्ने शुल्कका सम्बन्धमा पनि एउटा मापदण्ड तय गरिएको छ। नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनसँग आबद्ध तालिम केन्द्रहरूले त्यही मापदण्डलाई आधार बनाएर शुल्क लिन्छन्। पहिलो चरणको तालिम ६ महिनाको हुन्छ। यसका लागि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ। यसअघि पनि तालिम लिइसकेकाहरूसँग भने २० हजार रुपैयाँ मात्र लिइन्छ। दोस्रो चरणका लागि भने बि्रटिस आर्मीको १२ हजार तथा सिंगापुर पुलिसका लागि १० हजार रुपैयाँ लाग्छ। 

यस्तो छ प्रक्रिया 

लाहुरे भिड्नुअघि केही मापदण्ड पूरा गर्नुपर्छ। जस्तो- उमेर साढे १७ देखि २२ वर्षभित्रको हुनुपर्छ, न्यूनतम उचाइ ५ फिट २ इन्च, तौल ५० किलोग्रामभन्दा बढी, छाती चौडाइ ३१ इन्च -फुलाउँदा २ इन्च बढ्ने), कन्ट्याक लेन्स प्रयोग नगरेको, छालामा मुसा नआएको, दाँत कीराले नखाएको हुनुपर्छ। त्यसपछि एसएलसी उत्तीर्ण भएको प्रमाणसहित नागरिकता, पासपोर्ट, आमाबुबाको नागरिकता -यदि आमाको नागरिकतामा बाबुको नाम उल्लेख नभए विवाह दर्ताको प्रमाण) पेस गर्नुपर्छ। 

पहिलो चरण 

यसको प्रारम्भिक छनौट पूर्वको धरान र पश्चिमको पोखरामा हुन्छ। पहिलो चरणको छनौटका लागि सही कागजात पेस गरेपछि कम्तीमा १२ पटक हेभिङ, २ मिनेटभित्रमा कम्तीमा ७० पटक सेटअप तथा २ मिनेट ४५ सेकेन्डभित्रमा ८ सय मिटर दूरीको दौड पुरा गर्नुपर्छ। त्यसपछि भदौ ४ गते आधिकारिक वेबसाइटमार्फत सार्वजनिक हुने नतिजामा नाम आएकाहरू दोस्रो चरणमा प्रवेश गर्न सक्छन्। 

दोस्रो चरण

दोस्रो चरणको छनौटलाई एआरओ भनिन्छ, जुन पूर्वमा सेप्टेम्बर २ देखि र पश्चिममा सेप्टेम्बर ३० देखि प्रारम्भ हुन्छ। यसको अवधि २८ दिन छ। यसका लागि बिहान ५ बजेदेखि ७ बजेभित्रमा सम्बन्धित स्थानमा पुगिसक्नुपर्छ। यो चरणमा पहिलेकै कागजात जाँच हुन्छ। त्यहाँ बौद्धिकता पनि परीक्षण गरिन्छ। बि्रटिस आर्मीका लागि अंग्रेजी र गणित तथा सिंगापुर पुलिसका लागि थप नेपाली भाषामा परीक्षा हुन्छ। त्यसपछि आँखा, नाक, कान, घाँटी, छाला, ब्लड प्रेसर, युरिन एवं छातीको परीक्षण गरिन्छ। यसमा पनि कम्तीमा १२ पटक हेभिङ, २ मिनेटमा कम्तीमा ७० पटक सेटअप, २ मिनेट ४५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्नुपर्छ। यो चरणको नतिजा दुई हप्तापछि सार्वजनिक हुन्छ। 

अन्तिम चरण 

लाहुरेका लागि अन्तिम चरणको छनौट पोखरामा हुन्छ। पूर्व र पश्चिमको क्षेत्रीय प्रतिस्पर्धाबाट उत्तीर्ण भएका -बि्रटिस आर्मीका १ सय ७६ र सिंगापुर पुलिसका ६० जना)लाई पोखराको क्याम्पमा राखेर छनौट गरिन्छ। क्याम्पमा प्रवेश गरेदेखि नै उनीहरूको विभिन्न पाटोको मूल्यांकन सुरु हुन्छ। यद्यपि धेरै सहभागीलाई आफ्नो गतिविधि निगरानी भैरहेको जानकारी हुँदैन। केन्द्रीय छनौटमा ह्याभिङ, सेटअपका अतिरिक्त प्रतिस्पर्धीलाई २५ किलोग्रामको भारी बोकाएर ५ किलोमिटर दौडाइन्छ। डोको रेस भनिने उक्त दौड ४८ मिनेटभित्र पूरा गर्नुपर्ने हुन्छ। त्यसैगरी ९ मिनेट ४५ सेकेन्डमा २४ सय मिटरको दूरी छिचोल्नुपर्छ। यसक्रममा स्वीमिङ पनि गर्न लगाइन्छ। फाइनल चरणका लागि छनौट हुनेहरूलाई करिब २५ दिनसम्म क्याम्पमा राखेर विभिन्न परीक्षण गरिन्छ। 

-नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनका उपाध्यक्ष राज राईसँग शिव मुखियाले गरेको कुराकानीमा आधारित।)

यी भ्रम हुन् 

- लाहुरेका लागि पैसाको चलखेल हुन्छ। 

- दलाललाई पैसा दिएपछि लाहुरे बन्न पाइन्छ।

- नातावाद-कृपावादका भरमा भर्ती पाइन्छ।

- तालिम केन्द्रले भर्तीका लागि भनसुन तथा पहल गरिदिन्छ।

- भर्तीका लागि मंगोल अनुहार मात्र उपयुक्त मानिन्छ।

- शारीरिक बनौट राम्रो भएकोलाई प्राथमिकतामा राखिन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger