Widgets

Home » » ३९ लाखको राहत बाँड्न पूर्व राजाले करोड खर्चे

३९ लाखको राहत बाँड्न पूर्व राजाले करोड खर्चे

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ साउन, धनगढी । सुदूरपश्चिमका बाढीपीडितलाई राहतस्वरुप ३९ लाखको जिन्सी तथा खाद्य समान लिएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार, हिमानी ट्रस्टका कर्मचारी र सुरक्षाकर्मीको भ्रमण खर्च नै राहतभन्दा कम्तीमा तीन गुणा बढी छ ।
gyanendra shahपूर्वराजपरिवारका सदस्यसँगै राहत वितरणमा सहयोग गर्न काठमाण्डौंबाट आएका ९० सहयोगी र सुरक्षाकर्मी साउन १ देखि धनगढीस्थित तीनतारे स्तरको रुबस होटलमा बसिरहेका छन् । शाह परिवारका ११ सदस्य साउन ५ र ६ देखि यहाँ छन् । १३ दिन लामो भ्रमण तालिका बनाएर आएको टोली दुई दिन राहत वितरणमा देखिए पनि बाँकी दिन यहाँका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त रहेको कारोबार दैनिकमा खबर छ । उनीहरु १३ गते काठमाण्डौं र्फकने कार्यक्रम रहेको छ ।
भ्रमणमा ज्ञानेन्द्रसहित पत्नी कोमल, छोरी प्रेरणा, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनी पूणिर्का र कृतिकासहित छन् । भ्रमणलाई सघाउन ९० भन्दा बढी कर्मचारी तथा सुरक्षकर्मी पनि आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger