Widgets

Home » » मोबाइल फोन ‘फुलचार्ज’ गर्दा ब्याट्रीको आयु घट्छ

मोबाइल फोन ‘फुलचार्ज’ गर्दा ब्याट्रीको आयु घट्छ

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

स्मार्टफोनको ब्याट्रीको आयु कसरी बढाउने भन्ने विषयमा हामीले जानेका तथा सोँचेका कुराहरु सबै गलत हुनसक्छन् । हामीले जानेका थियौँ की ब्याट्रीलाई पूरै चार्ज गर्ने र त्यसलाई कम्तिमा २० प्रतिशत सम्म र्झन दिएर फेरी चार्ज गर्नु राम्रो हुन्छ । फुल चार्ज भएपछि पनि धेरैबेर प्लग नछुटाउने, चार्जिङ गरेको गर्यै प्रयोग गर्ने, ब्याट्रीको चार्ज शुन्यमा झरेपछि मात्र चार्जमा लगाउने जस्ता कामले मोबाइलको ब्याट्री छिटो बिगि्रन्छ भन्ने कुरा हामीलाई थाहा छ ।
1
तर हामीले जानेको यो कुरा अपूर्ण मात्र होइन एक हदसम्म गलत नै रहेछ । टेक्नोलोजी सम्बन्धि वेबसाइट गिजमोडोका अनुसार स्मार्टफोनको ब्याट्री शत प्रतिशत चार्जिङ गर्नुहुँदैन । ९५ प्रतिशत पार गरेपछि चार्जबाट छुटाउनु राम्रो हुन्छ । त्यस्तै ब्याट्रीको चार्ज ५० प्रतिशत भन्दा घट्न दिनुहुँदैन ।
ब्याट्रीको आयु भन्नुको मतलब एकपटक चार्ज गरेपछि अर्को पटक चार्ज गर्नुपर्ने अवधिसम्म कति समय उक्त ब्याट्री राखिएको साधन चलाउन सकिन्छ भन्ने हो ।
उक्त वेबसाइटका अनुसार महिनाको बढिमा एक पटक भने ब्याट्रीको चार्ज लगभग सकिन दिनुपर्छ र मात्र चार्ज गर्नुपर्छ । यसो गर्दा ब्याट्रीको आयु घट्न पाउँदैन । साथै स्मार्टफोनलाई घाममा राख्नु पनि ब्याट्रीका लागि हानिकारक हुन्छ र स्मार्टफोन घामका कारण तात्यो भने ब्याट्रीमा असर पुग्छ । स्मार्टफोनका लागि २२-२५ डिग्री सेल्सियस तापक्रम ठिक्क हुन्छ ।
३५ डिग्री भन्दा बढि तापक्रमले हानि गर्नसक्छ । त्यस्तै स्मार्टफोनको स्त्रिmनको चहकिलोपनामा सन्तुलन ल्याउने, मोबाइल फोनको नियमित प्रयोग गर्ने अर्थात् लामो समयसम्म थन्काएर नराख्ने, प्रयोग नगरेका बेला लक गर्ने आदि कामहरु समेत स्मार्टफोनको ब्याट्रीको आयु बढाउने स-साना उपाय हुन् । एजेन्सी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger