भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चलचित्र बिकास बोर्डले एक महिना भित्र लागू गर्ने तयारी गरेको चलचित्रको बर्गीकरण प्रक्रिया अप्ठ्यारोमा पर्ने छनक देखिएको छ । चलचित्र बिकास बोर्डले अवैज्ञानिक प्रक्रियाबाट सिनेमाको बर्गीकरण गर्न लागेको भन्दै नेपाल चलचित्र समाज महासंघले रीट दायर गर्ने तयारी गरेको हो ।
‘हाम्रो तर्फबाट सबै तयारी भइसकेको छ, अब सर्बोच्चले के गर्छ, केही बेरमै थाहा हुन्छ’ महासंघका अध्यक्ष केपी पाठकले सर्बोच्च परिसरबाट अनलाइनखबरलाई भने । उनका अनुसार संचारमन्त्रालय, संचारमन्त्री, संचार सचिव, चलचित्र बिकास बोर्डका अध्यक्ष र बोर्डका सदस्य सचिवलाई विपक्षी बनाएर रीट दायरको तयारी गरिएको हो । ‘सिनेमाको बर्गीकरण सर्जगको सिर्जनालाई निरुत्साहित पार्ने हेतुले गर्न लागिएको छ’, केपीले भने ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.