Widgets

Home » » थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार सेमिफाइनलमा

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं– लिग च्याम्पियन लक्ष्मी बैंक थ्री स्टार क्लब मंगलबार बंगलादेशको बिजेएमसीलाई १–० ले हराएसँगै भुटानको थिम्पुमा जारी किङ्स कप फुटबलको सेमिफाइनल पुगेको छ। नेपाली फिफा रेफ्री लव खत्रीले सञ्चालन गरेको खेलमा थ्री स्टारका पुकार गहतराजले ६८औं मिनेटमा निर्णायक गोल गरे। पुकार यती हिमालयन शेर्पाका कप्तान हुन्। एक खेलाडीले रातो कार्ड पाएपछि बिजेएमसीले १० खेलाडीमा खेल अन्त्य गरेको थियो। थ्री स्टार (७ अंक) समूह विजेता बन्यो। युनाइटेड सिक्किम र थिम्पुबीच हुने अन्तिम खेलपछि उपविजेता टुंगो लाग्नेछ। युनाइटेड सिक्किमसँग १–१ को बराबरी खेलेको थ्री स्टारले थिम्पुलाई ३–१ ले हराएको थियो। थिम्पु र बिजेएमसीको समान ३ अंक छ भने युनाइटेडको १ अंक छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger