Widgets

Home » » ६ लाखमा सहमतीमा आए रेजिना र कविता

६ लाखमा सहमतीमा आए रेजिना र कविता

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नायिका रेजिना उप्रेतीमाथि निर्मात्री कविता श्रेष्ठले केही दिन अगाडि उजुरी दिएकी थिइन् । चलचित्र 'बरदान' सह निर्माण गरेपछि आफूलाई पैसा नदिएको भन्दै कविताले रेजिनामाथि उजुरी दिएकी थिइन् । तर उनीहरुलाई चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको कार्यसमिति सदस्यले मिलाएको छ । उक्त सदस्यको रोहवरमा रेजिना र कविताबीच सहमति भएको हो । सहमती अनुसार नायिका रेजिनाले कवितालाई एक वर्ष भित्र ६ लाख रुपैयाँ दिनुपर्नेछ । त्यसै गरी बरदान फिल्मको ओभरसिज राईट रेजिना र नेपाल तथा भिसीडी राईट कविताको हुनेछ । निर्माता संघको कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठले एक वर्ष भित्र रेजिनाले रकम चुक्ता नगरे उजुरी उल्टिन सक्ने बताएकी छिन् । उता रेजिना उप्रेतीले भने ६ लाखमा सहमतिमा आउनु थियो भने कविता पहिले पनि सहमतिमा आउन सक्ने बताएकी थिइन् । उनले कविताले एक महिनासम्म आफ्नो बेइज्जत गरेको बताएकी छिन् । रेजिना र कविता बिचको सहमतीमा वरदानका निर्देशक शोभित वस्नेत, संघका उपाध्यक्ष रोज राणा, महासचिव केशव भट्टराई, प्रवत्ता सुरेश दर्पण पोखरेल, सदस्य माधव वाग्ले, विरेन श्रेष्ठ र डिग खड्का उपस्थित थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger