Widgets

Home » » पाइन्टमै आची गरेपछि जेलको बास

पाइन्टमै आची गरेपछि जेलको बास

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

poop-pants-caption-contest

मान्छेले दिसा गर्छ, अझ गर्नैपर्छ । तर कहिलेकाहीँ यो दिसा यति महंगो भैदिन्छ की जेलको हावा समेत खुवाउँछ । अमेरिकाका एक व्यक्तिले आफ्नो पाइन्टमा एक्कासी आची गरेपछि एक हप्तासम्म जेलको हावा खानु परेको छ । आफ्नै पाइन्टमा आची गर्यो तर उसलाई नै हानी हो । आखिर किन जेलमा कोच्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । तर कथा अर्कै छ । समाचार अनुसार अमेरिकाको मेइन क्षेत्रका बासिन्दा रोनाल्ड स्ट्रोंगले यस्तो सजाय भोग्नुपरेको हो । पोर्टल्याण्डको संघीय अदालतभित्र रहेकै बेला रोनाल्डले पाइन्टमै आची गरेका रहेछन् । पाइन्टमै दिसा चुहिएपछि उनले त्यहाँको बाथरुममा गएर सफा गर्ने क्रममा बाथरुममा फोहोर फ्याँकेको आरोप उनीमाथि लागेको थियो । समाचार अनुसार उनले बाथरुमको भुइँभरि दिसा गरेका थिए, भित्तामा समेत दिसा लागेको थियो र यत्रतत्र दिसा पुछेका ट्वाइलेट पेपर थिए । सोही आरोपमा उनलाई संघीय अदालतले ७ दिनको जेल सजाय सुनाएको थियो । संघीय अदालतको फैसला विरुद्ध उनी अमेरिकी पुनरावेदन सर्र्किट कोर्टमा अपिल गरेका थिए । तर पुनरावेदन अदालतले संघीय अदालतको फैसला सदर गरेपछि उनले सात दिन जेलको हावा खानुपर्ने भएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger