भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ असार, घादिङ । आफ्नै नाबालिक नातिनीलाई बलात्कार गर्ने हजुरबाबुलाई जिल्ला अदालत धादिङले १३ वर्ष कैद फैसला गरेको छ । नातिनीलाई ललाइफकाइ बलात्कार गरेका मैदी गाविसका साने सार्कीलाई बच्चालाई जबर्जस्ती करणीमा १० वर्ष र हाडनाता करणीमा थप तीन वर्षसहित १३ वर्ष जेल सजाय हुने फैसला गरिएको हो ।
पीडित पक्षलाई रु २५ हजार क्षतिपूर्ति दिन पनि अदालतले फैसलामा उल्लेख गरेको छ । मैदी गाविस-९ छापथोकका ५६ वर्षीय सार्की ०६९ पुस २० गते साँझ घरमा खेलिरहेकी नौ वषर्ीया बालिकालाई खानेकुरा दिने प्रलोभन देखाएर कोठामा लगी बलात्कार गरी फरार भएका थिए । सार्कीलाई स्थानीयवासीको सहयोगमा चितवनको खैरेनीबाट प्रहरीले माघ ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको थियो । यसैगरी एक छिमेकी महिला र उनकी बालिका छोरीलाई बन्चरो प्रहार गरी हत्या गरेपछि शवमाथि करणी गर्ने ढोला गाविस वडा नं २ पोखरीपानीका बैरागी भन्ने सुवास थापामगरलाई पनि जिल्ला अदालतले ३९ वर्षको जेल सजाय र पीडितलाई रु दुई लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको छ ।
निजले तीन वर्षअघि ०६७ असोज ६ गते सोही स्थानका नीरमायाँ पुलामी र उनकै छोरी अनुस्का पुलामीलाई सुतेको ठाउँमा बन्चरोले हानेर हत्या गरी करणी गरेका थिए । यसैगरी छत्रेदेउराली गाविस वडा नं ५ की वृछा चनमती तामाङलाई हत्या गरी बलात्कार गर्नेहरुलाई जिल्ला अदालतले ३१ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालतले प्रतिवादी नीरज तामाङलाई कर्तव्य ज्यानमा सर्वश्वसहित जन्मकैद (२० वर्ष) जबर्जस्ती करणी गरेकाले सात वर्ष, चोरीसमेत गरेकाले एक महिना १५ दिन, जरिवानावापतको चार वर्ष कैद गरी ३१ वर्षको जेल सजाय सुनाइएको हो ।
सोही घटनामा संलग्न रामलाल तामाङलाई कर्तव्य ज्यानमा तीन वर्ष ६ महिना, जरिवानावापतको चार वर्ष कैद र चोरी गरेकाले एक महिना १५ दिन कैद गर्न फैसला सुनाइएको छ भने पीडित परिवारलाई रु ५० हजार क्षतिपूर्ति दिन आदेश गरिएको छ । प्रतिवादीहरुले ०६७ भदौ ५ गते बेलुका घरमा सुतेको बेला घरभित्र छिरेर बलात्कार गर्न खोज्दा नसकेपछि घाँटी थिचेर हत्या गरी शवमाथि बलात्कार गरेका थिए । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.