Widgets

Home » » अरूलाई जोगाएर मर्‍यो 'काले’

अरूलाई जोगाएर मर्‍यो 'काले’

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

kaale

दोलखा, श्रावण १० - डढेर खरानी भएको घरको एक कुनामा बुधबार बिहान मरेको कुकुर पल्टिरहेको भेटियो । त्यो कुकुर, जसले घरभित्रका सबैलाई खबर गरेर जोगायो, आफू भने उम्कन नसकी ज्यान गुमायो । बुधबार रातिको आगलागीबाट सम्पत्ति खरानी भए पनि कुकुरको योगदानले मानवीय क्षति हुन पाएन । बारम्बार भुकेर जगाएपछि सुतिरहेका परिवारका ८ सदस्यको ज्यान जोगियो । आत्तिएर भागेका उनीहरूले आफूलाई बचाउने कुकुरको उद्धार गर्न भने भुले । भीमेश्वर नगरपालिका चोथाङको एक होटलमा आगलागीपछि मरेको कुकुर देख्ने सबै खिन्न छन् । 'काले' का कारण आगोबाट जोगिएका घाइते होटल मालिक राजकुमार खड्का भन्छन्, 'सुतिरहेको ठाउँमा भुक्दै आएर कोट्यायो, निद्रा खुलेपछि उठ्दा त आगो ढोकामै आइसकेको रहेछ ।' करिब १ वर्षदेखि काले उनीहरूका साथमा थियो । सधैं घरबाहिर बस्ने कालेले ३ दिनदेखि भित्रै बस्न जबर्जस्ती गरेको थियो । सधै साथमा रहने कुकुर मरेपछि छोराहरू विशाल र विधान शोकमा छन् । 'होटलमा बढी भएको खानेकुरा खाने कालेले राति भुकेर हेरचाह गथ्र्यो,' राजकुमारकी पत्नी कौशिलाले भनिन्, '३ दिनदेखि भित्रै बस्न जबर्जस्ती गरेको कारण त हामीलाई बचाउन पो रहेछ ।' कुकुरको संकेतबाट ढोका फोडेर मुस्किलले निस्किएका राजकुमार भुइँतलामा रहेका पत्नी, छोराहरू तथा अरू २ सहयोगीलाई जोगाउनतिर लागे । निकास कहीँ नभएकाले पछाडिको झ्यालको गि्रल फोडेर घरभित्रका सबैलाई बाहिर निकाले । 'तर कुकुर भने भित्रै परेछ,' राजकुमारले खिन्न हुँदै भने । आगो सल्किरहेको ढोका खोलेर निस्कँदा घाइते राजकुमारलाई उपचारका लागि काठमाडौं लगिएको छ । शरीरको एक पाटो डढेकाले थप उपचारका लागि लगिएको हो । 'घनले गि्रल फोडेपछि हामी निस्कियौं, माथिल्लो तलामा रहेको कालेको यादै भएन,' कौशिलाले भनिन् । काले निकैबेर कराएपछि राति करिब २ बजेमात्र आगो लागेको थाहा भएको थियो । आगोले नगद र सामान गरी ५ लाख क्षति भएको उनले बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger