Widgets

Home » » फोरम नेपालको महोत्तरी कार्यालयमा गोली प्रहार जिल्ला सदस्य प्रकाश साह घाईते

फोरम नेपालको महोत्तरी कार्यालयमा गोली प्रहार जिल्ला सदस्य प्रकाश साह घाईते

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

gun

महोत्तरी , श्रावण १० - मधेसी जनअधिकार फोरम नेपालको महोत्तरीस्थित कार्यालयमा गोली प्रहार गर्दा एक जना घाइते भएका छन् । भारतीय मोटर साइकलमा आएका दुई जना मध्ये एक जनाले गोली प्रहार गरेका थिए । जलेश्वरको खएराचोकस्थित कार्यालयमा ति ब्यक्तिहरुले गोली प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका निरीक्षक शम्भु बडालका अनुसार गोली प्रहार गर्नेहरु बीआर ८२६३ नम्बरको टीभीस भिक्टर मोटरसाइकलमा आएर कार्यालय रहेको मानिसलाई लक्षित गोली हानेका हुन् । फोरम नेपालका जिल्ला कार्यासमिति सदस्य प्रकाश साहको बायाँ पाखुरामा गोली लागेको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार गोली प्रहार गर्नेहरु गोली हानीर भारतीय सीमातर्फ भागे छन् । जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजनमुक्तिले भने आफुहरुले अन्धधुन्धा गोली प्रहार गरेको दावी गरेका छन् । यसअघि उक्त मोर्चाले असार २० गते मधेस केन्द्रित दलका केन्द्रिय तथा स्थानीय नेताहरुलाई भौतिक कारवाही गर्ने चेतावनी दिएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger