Widgets

Home » » उत्कृष्ट ११ मा रोनाल्डो परेनन्, मेस्सी र पेले फवार्ड -

उत्कृष्ट ११ मा रोनाल्डो परेनन्, मेस्सी र पेले फवार्ड -

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१९ असार, काठमाडौं । फुटबलको इतिहासमा अहिलेसम्मका राम्रा खेलाडीहरुलाई मिलाएर उत्कृष्ट ११ चयन गर्ने हो भने कस्तो टिम बन्ला । यस्तो बन्यो भने अहिलेका को को स्टार पर्ला भन्ने धेरैको चासोको विषय बन्छ ।
best-11वर्ल्ड सकर म्यागाजिनले पत्रकार, म्यानेजर र पूर्व खेलाडीहरुको मतका आधारमा फुटबल इतिहासको उत्कृष्ट ११ को घोषणा गरेको छ । तर, रियल मडि्रडका स्टार क्रिष्टियानो रोनोल्डो भने टोलीमा परेनन् । अर्जेन्टिनाका लिओनल मेस्सी भने फवार्डमा परेका छन् ।
गोलरक्षकमा भेल यासी छन् । यनी फिफा प्लेयर अफ दि इयर घोषित एक मात्र गोल रक्षक हुन् । उनले आफ्नो करियरमा १ सय ५० पेनाल्टी मात्र रोकेको थिए । तीन विश्वकप खेलेका उनले १९५६ को ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।
ब्राजिलका काफ्यू, बेलायतका बोबी मूर, जर्मनका फ्रान्ज बेकनबावर र इटलीका पाओलो डिफेण्डर छन् भने रियलका अल्फ्रेडो डि स्टेपनो, हल्याण्डका जोहान, फ्रान्सका जिनेदान जिदान र अर्जेन्टिनाका म्याराडोना मिडफिल्डरमा छन् ।
फुटबल इतिहासको उत्कृष्ट ११ को फवार्डमा ब्राजिलका पेले र अर्जेन्टिनाका मेस्सी छन् ।
उत्कृष्ट ११ मा परेका मध्ये मेस्सी मात्र हाल खेलाडी हुन् । अन्य सबै आफ्नो समयका स्टारहरु हुन् । उनीहरु मध्ये पेले र म्याराडोनालाई फुटबलका महान हस्तीका रुपमा लिइन्छ । हाल बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीले कीर्तिमानी ४ पटक उत्कृष्ट खेलाडी घोषित भएका छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger