भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यी श्रीमानको दुखद् अवस्था पढेर तपाईलाई पनि हैरान लाग्नेछ । भारतको वाराणसीका एक यी व्यक्तिको आफ्नी श्रीमती अन्य पुरुषका साथ यौन क्रियामा लिप्न रहेको अवस्थामा देखेपछि उनले अनौठो कदम उठाएका छन् । आफ्नीले आफ्नै अगाडि धोका दिएपछि उनले सहन गर्न सकेनन् । श्रीमतीलाई पनि खुबै सम्झाए । तैपनि उनी मानिनन् । त्यसपनि श्रीमानको यो संसारबाटै मोहभंग भयो । त्यसपछि उनले प्रण गरे कि अब यो धरतीमा रहने छैन । उनी गत ९ महिनादेखि एउटा अम्बाको रुखमा बसेर दिनरात बिताइरहेका छन् । विगत ९ दिनदेखि अम्बाको रुखको एउटा हाँगामा बसेका वाराणसी चोलापुर ब्लक रामगाउँका सञ्जय भन्छन्–म आफ्नी श्रीमती तारालाई धेरै माया गर्दथेँ । उनलाई मैले मुम्बई पनि घुमाएँ । तर, मेरी श्रीमती धोकेबाज निस्किइन् । उनले छिमेकीको एउटा केटासँग सम्बन्ध कायम गरिन् । उनलाई मैले उक्त केटाका साथ यौनक्रियारत अवस्थामा देखेँ ।सञ्जयका अनुसार ९ मार्चका दिन उनी तारालाई लिएर बनारस आए । त्यही बसेको भए श्रीमती पुनः त्यही केटा भेट्ने डर थियो । जुन उनलाई सैह्य थिएन । गाउँ आएपछि तारा मुम्बई जाने जिद्दी गर्न लागिन् । यही विषयमा भएको विवादपछि उनी माइत गइन् । त्यसपछि श्रीमतीप्रति उनमा घृणा पैदा भयो । अनि उनले यही अम्बाको रुखलाई आफ्नो निवास बनाए । उनको माग छ, जबसम्म ताराले माफी माग्ने छैनन तबसम्म उ रुखबाट ओर्लने छैन । सञ्जयकी आमा कुशमा देवीका अनुसार ९ मार्चमा उ अम्बाको रुखमा चढेको हो । उत्रन आग्रह गर्दा सञ्जयले आत्महत्याको चेतावनी दिने गरेको छ । लामो प्रयासपछि पनि रुखबाट उतार्न नसकेपछि त्यही हेरचाह गर्ने गरिएको आमा कुशमाले बताइन् । यसअघि श्रीमान श्रीमतीबीच सामान्य झगडा भएको आमा कुशमाको भनाइ छ । त्यसलगत्तै सञ्जय रुख चढेको हो । सञ्जयकी बहिनी निशाका अनुसार भाउजुलाई दाइले कुनै युवकका साथ देखेका थिए । मुम्बईबाट गाउँ आएपछि निकै झगडा पनि भएको थियो । त्यसपछि भाउजु माइत गइन्, दाई रुख चढे ।स्थानीय रितेशका अनुसार १ दिन या २ दिनमा सञ्जय भूँइमा झर्ने गरेको छ । केही खाना खान्छ । अरु बेला अम्बाको रुखमा भएका अम्बा नै खाने गरेको छ । रुखमै नित्य क्रिया पनि गर्छ ।गाउँले मिलेर उसलाई भूँमा ओराल्ने धेरै कोशिस गरियो, तर सम्भव भएन । सञ्जयकी आमा कुशमाका कामना छ, उ सुरक्षित रहोस् भगवानसँग कामना गर्दछु । जबरजस्ती गर्दा कुनै अप्रिय कदम नउठाओस् । त्यसैले घटनाबारे गाउँबाहिर कतै बताएका छैनौ । बीएचयुका बरिष्ठ मनोचिकित्सक डा. सञ्जय गुप्ताका अनुसार यस्ता विरामीमा साइकोसिस हुने गर्दछ । उनीहरुको दिमागमा कुनै दृष्य बस्छ । त्यसलाई उनीहरु बाहिर निकाल्न सक्दैनन् । बरु उनीहरु विस्तारैविस्तारै वास्ताविक जीवनमा हट्छन् । त्यति मात्र होइन यस्ता मानिस स्वयम आफ्नो अलग संसारको कल्पना पनि गर्दछन् । यस्ता मानिस कहिँ पनि रहन तयार हुन्छन् । एजेन्सी
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.