Widgets

Home » » प्रेममा मस्तिष्क ले काम गर्दैन

प्रेममा मस्तिष्क ले काम गर्दैन

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ । अर्थात्, प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन । अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार, मायापिरतीले मानिसलाई अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ । अर्थात्, प्रेमको अनुभूति हुनासाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले काम गर्न छोड्छ । यो स्थितिले व्यक्ति विशेषलाई विवेकशून्य बनाउँछ । यो अनुसन्धान राबिन डनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका हुन् । यसमा सहभागीहरूको मस्तिष्कको गतिविधि 'एमआरआई' को माध्यमले परीक्षण गरियो । सहभागीहरूलाई आआफ्नो साथीको फोटो समेत देखाइयो । यसमा के पाइयो भने साथीको फोटो देख्नासाथ सहभागीहरूको मस्तिष्कमा भएको तर्क गर्ने खण्ड धेरै प्रभावित भयो र उनीहरूको सोच्ने, सम्झने शक्ति कमजोर हुन थाल्यो । अध्ययनबाट के निष्कर्ष निकालियो भने, प्रेम हुनासाथ व्यक्तिको मस्तिष्कमाथि मुटुले शासन गर्न थाल्छ । यस्तोमा प्रेमी हृदयहरू कुनै पनि निर्णय भावनामा बगेर गर्न थाल्छन् । अनुसन्धान अनुसार, मुटुको मामिलामा मस्तिष्कको उपयोग गर्न थाल्दा स्वस्थ र राम्रो सम्बन्ध बन्न सक्दैन

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger