Widgets

Home » » पूर्वयुवराज दिपेन्द्रको लिफ्टमै स्थानीय केटीसंग यौनसम्पर्क

पूर्वयुवराज दिपेन्द्रको लिफ्टमै स्थानीय केटीसंग यौनसम्पर्क

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बूढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययन गरिरहेकै बेला दीपेन्द्र सरकारले मसँग एक पटक आफ्नो पीडा ‘सेयर’ गरिबक्स्यो, ‘मलाई मुमाले अनावश्यक नियन्त्रण गर्न खोजिबक्सन्छ । तिमीले मुमालाई सम्झाइदेऊ ।’ यसमा मैले केही गर्न र भन्न सक्ने कुरा थिएन । खास कुरा त्यति बेला के परेछ भने सरकारले सुप्रिया शाहलाई मन पराइबक्सेछ । सरकारले सुप्रियालाई ‘लभलेटर’ लेख्ने गरेको कुरा कुनै स्रोतबाट बडामहारानी सरकारले थाहा पाइबक्सेछ । सायद त्यसबारे बडामहारानी सरकारले युवराजाधिराजलाई भनिबक्स्यो, जुन कुरा दीपेन्द्र सरकारलाई मन परेन र मलाई आफ्नो पीडा ‘सेयर’ गरिबक्सेको थियो । सुप्रिया सरकारसँगै पढ्ने त होइन, तर कक्षा ७ मा पढ्दादेखि नै दीपेन्द्र सरकारले सुप्रियालाई मन पराइबक्सेको थियो । सरकारले सुप्रिया बाहेक पनि विभिन्न केटीलाई भेट्ने र ‘लभलेटर’ लेख्ने गरेको कुरा समेत हामी एडीसीले थाहा पाइरहेका हुन्थ्यौँ । त्यो उमेरमा ‘गर्लफ्रेन्ड’ बनाउने र ‘लभलेटर’ लेख्ने गरेको बडामहारानीलाई मन पर्ने कुरै भएन । कुनै पनि अभिभावकलाई मन पर्दैन । त्यति सानो उमेरमै यस्तो व्यवहार गर्नु राम्रो पनि होइन । त्यसमाथि बडामहारानी सरकारबाट व्यक्तिगत रूपमा भन्दा पनि पारिवारिक नाताका हिसाबले दीपेन्द्र र सुप्रियाको वैवाहिक सम्बन्ध रुचाइबक्सेको थिएन । दीपेन्द्र र सुप्रिया दुई दिदी–बहिनीका नाति र नातिनी । सुप्रिया मुमा बडामहारानी रत्नकी आफ्नै दिदीकी नातिनी । त्यसै कारण सरकारबाट दीपेन्द्रको सुप्रियासँगको सम्बन्ध तोड्न चाहिबक्सेको थियो । आफ्नी मुमालाई मन नपरेको भए पनि युवराजाधिराजलाई चाहिँं त्यही केटीसँग सम्बन्ध राख्नुपर्ने । यो विषयमा सरकारहरूमा ‘इगो’ बढिरहेको थियो । बडामहारानी सरकार कुनै पनि हालतमा सुप्रियासँग विवाह हुनै नदिने अडानबाट विचलित होइबक्सेन । त्यति नजिकको नातामा विवाह गर्‍यो भने सम्बन्ध राम्रो हँुदैन, बच्चा पनि राम्रो जन्मँदैन भन्ने सरकारको जिकिर थियो । ‘सुप्रिया नट कम्पिनेन्ट टु दी क्वीन’ (सुप्रिया रानी हुन लायक छैन) पनि भनिबक्सन्थ्यो । यसरी हुकुम भएको मैले पनि सुनेको छु । बडामहारानीले सोझै यसो भन्दा युवराजाधिराजलाई पटक्कै मन पर्दैनथ्यो र ‘ह्वाट डज सी थिङ्क अफ हरसेल्फ ? ह्वाट वाज सी बिफोर ?’ (मुमाले आफूलाई के ठानेको ? विवाह गर्नुअगाडि मुमाको के हालत थियो ?) समेत भन्ने गरिबक्सन्थ्यो, त्यो कलिलो उमेरमै । उता, सुप्रिया आफ्नै दिदीकी नातिनी भएकाले ‘युवराजाधिराजसँग सुप्रियाको विवाह ठीक हुन्छ, राम्रो हुन्छ’ भन्ने मुमा बडामहारानी रत्नको जोड थियो । यसबारे महाराजाधिराजका माध्यमबाट रत्नले दबाव दिने काम भइरहेको छ भन्ने पनि सुनिएको थियो । यस प्रकार राजा वीरेन्द्र मुमा बडामहारानी र बडामहारानीको दोहोरो दबावमा होइबक्सन्थ्यो । युवराजाधिराजले एसएलसी सकेलगत्तै सरकारको विवाहको चर्चा चलिरहेको थियो । बडामहारानीको कडा स्वभावका कारण राजपरिवारमा सितिमिति कसैले पनि सरकारको कुरा काट्नै नसक्ने । सबैले बडामहारानीकै लाइन लिने । सासू–बुहारीको कुरा नमिलेपछि वीरेन्द्र सरकारले कुनै पनि निर्णय लिन सकिबक्सेन । यो विषयलाई त्यतिकै छाडिबक्स्यो । युवराजाधिराजले सुप्रियालाई मन पराएको हिसाबले मुमा बडामहारानी रत्न र दीपेन्द्रको सम्बन्ध भने सुमधुर थियो । युवराजाधिराजको विवाहका लागि धेरै पटक केन्द्र निवासबाट विभिन्न केटीको तस्बिर दरबार पठाइयो । सबै तस्बिर सङ्कलन गर्ने काम केन्द्र निवासबाटै भएको थियो । केन्द्र निवास बडामहारानी ऐश्वर्यको माइतीघर थियो । युवराजाधिराजले तीमध्ये कुनै पनि केटी हेर्ने इच्छा नै गरिबक्सेन । बडामहारानी सरकारको गरिमा राणाप्रति झुकाव थियो । सायद राणा परिवारकी केटी नै विवाह गराउने सरकारको इच्छा थियो । त्यस बेला अधिराजकुमारी श्रुति भारत, राजस्थानको अजमेर सहरको मेयो कलेजमा पढिबक्सन्थ्यो । वीरेन्द्र सरकार र ऐश्वर्य सरकार छोरीलाई भेट्न गइबक्सन्थ्यो । त्यही बेला जयपुरका महाराज ब्रिगेडियर भवानी सिंहलाई भेट्न सरकारहरू सवारी भएको थियो । जयपुर महाराजकी एक्ली छोरी थिइन् । सायद उनले आफ्नी छोरीको विवाह युवराजाधिराज दीपेन्द्रसँग गराउन प्रस्ताव राखेका थिए । यो बाहेक भारतीय मूलकी अन्य कुनै पनि केटीको दीपेन्द्र सरकारसँग विवाहका लागि प्रस्ताव आएको मलाई जानकारी छैन । विवाहको प्रसङ्ग चल्दाचल्दै सन् २०४५ सालमा दीपेन्द्र सरकार उच्च शिक्षा अध्ययनका लागि बेलायतको इटन कलेज सवारी भयो । त्यहीँबाट ए लेभलको अध्ययन पूरा गरिबक्स्यो । देवयानी त्यति बेला बेलायतमै पढिरहेकी थिइन् । दीपेन्द्रको देवयानीसँग ‘अफेयर’ त्यहीँबाट सुरु भएको थियो । यसबीच सुप्रियासँगको सम्बन्धलाई पनि सरकारबाट निरन्तरता दिइबक्सेको थियो । यसरी दुई जनासँग एकै पटक ‘अफेयर’ चलेको थियो, दीपेन्द्र सरकारको । यो नयाँ कुरा थिएन । सानै उमेरदेखि सरकारको अनेक केटीसँग चक्कर थियो । सुप्रिया र देवयानीसँगको कुरा मात्र बाहिर सबैलाई थाहा भएको हो । बेलायतमा दीपेन्द्र सरकारका स्थानीय अभिभावक लर्ड क्यामवाइज हुनुहुन्थ्यो । उहाँसँग पशुपतिशमशेर जबराको पनि चिनजान थियो । लर्ड क्यामवाइज पशुपतिकी छोरी देवयानीका पनि स्थानीय अभिभावक हुनुहुन्थ्यो । क्यामवाइजका तीन छोरी थिए । तिनीहरूसँग युवराजाधिराजको सुमधुर सम्बन्ध थियो । यही क्रममा दीपेन्द्र सरकारको देवयानीसँग चिनजान भयो र ‘अफेयर’ सुरु भयो । त्यहाँ कुनै एडीसी खटाइएको थिएन । दीपेन्द्र सरकारलाई बिदामा कहिलेकाहीँ काठमाडौँ लिएर आउनुपर्‍यो भने बेलायतस्थित शाही नेपाली राजदूतावासका सैनिक सहचारीले ल्याउने–लैजाने गर्दथे । देवयानीसँगको सम्बन्ध दीपेन्द्र सरकारले नेपाल फर्केपछि पनि कायम गरिबक्स्यो । साथै सुप्रियासँग पनि । देवयानीसँग ‘अफेयर’ भएको थाहा भएपछि सुप्रियाको दीपेन्द्र सरकारसँग निकै खटपट भयो भन्ने पनि सुनिएको थियो । देवयानीका तर्फबाट चाहिँं कुनै गुनासो सुनिएन । देवयानी आधुनिक तथा खानदानी परिवारमा जन्मेकी, हुर्केकी र पढेकी पनि । त्यसो भएर होला, उनका तर्फबाट कुनै पनि किसिमको गुनासो आएन । व्यवहारमा देवयानी धेरै हिसाबले माथिल्लो स्तरको भएको सुनिएको थियो । सायद त्यही कुरा हेरिबक्स्यो होला दीपेन्द्र सरकारले । दुवै जनासँग सम्बन्ध भएर पनि अन्त्यमा देवयानीलाई विवाह गर्ने भन्ने टुङ्गोमा दीपेन्द्र सरकार पुगिबक्सेको देखिन्छ । तर यो कुरा त बडामहारानीलाई झनै मन परेन । सुप्रिया त मन परिरहेकी थिइनन् भने देवयानीलाई मन पराउने कुरै थिएन । मौसुफ मात्र होइन, मुमा बडामहारानी लगायत राजदरबारमा कसैलाई पनि यो कुरा मन परेन । देवयानीको मावल भारतमा थियो । भारतमा सम्बन्ध भएकी केटीसँग युवराजाधिराजको विवाह गराउनु हुन्न भन्ने विषयमा राजदरबारमा सबैको एकमत थियो । दरबारले भारतसँग कुनै पनि पारिवारिक नाता सम्बन्ध जोड्नु हुन्न भन्ने मान्यता राजा महेन्द्रबाट विकास भएको हो । दरबारको भित्री कुरा विदेशीकहाँ नपुगोस् भन्ने मौसुफको उद्देश्य थियो । त्यसै आधारमा महेन्द्र सरकारले आफ्नो विवाह नेपालीसँगै गरिबक्सेको थियो भने आफ्ना तीन छोरा र तीन छोरीहरूको विवाह पनि एकै घरमा र नेपालीसँगै गराइबक्सेको थियो । देवयानीको मामिलामा दीपेन्द्र सरकार एकातिर र अन्य सरकारहरू अर्कातिर भएपछि यसले पारिवारिक कलहको रूप लिन पुग्यो । इटन कलेजमै पढ्दा दीपेन्द्र सरकारको एक जना जापानी केटीसँग अर्को ‘अफेयर’ चलेको रहेछ । त्यहीँ अरू केटीसँग पनि अनेक हिसाबले सरकारको चक्कर चलेको थियो भन्ने कुरा पछिसम्म सुनिन्थ्यो । त्यो जापानी केटीसँग भने निकै गहिरो सम्बन्ध रहेको थाहा भयो । उसले पछि धेरै पटक नेपाल आएर दीपेन्द्र सरकारलाई भेटिरहेकी थिई । कहाँकहाँ केके हुन्थ्यो, त्यो भने मलाई थाहा भएन । त्यति बेला म वीरेन्द्र सरकारको एडीसी थिएँ । युवराजाधिराजका अरू नै छुट्टै दुई जना एडीसी थिए । सरकारका सबै कार्यक्रम उनीहरूले मिलाउँथे । सरकारको त्यो जापानी केटीसँग विवाहकै विषयमा निकै लफडा परेछ । किनभने सरकारले उसलाई पनि विवाह गर्छु भनिबक्सेको रहेछ । आखिरी पटक नेपाल आएका बेला त्यो जापानी केटीलाई एयरपोर्ट पुर्‍याउन दीपेन्द्र सरकारले एडीसी सेनानी गजेन्द्र बोहरालाई पठाइबक्सेछ । एयरपोर्ट पुग्ने बेलामा गजेन्द्रसँग त्यो केटीले के भनिछ भने, ‘योर क्राउन प्रिन्स इज म्याड । ही विल डाई ए डग्स डेथ ।’ (तिम्रो युवराजाधिराज पागल हो । उसको मृत्यु कुकुरको जस्तै हुनेछ ।) त्यसपछि त्यो जापानी केटी कहिल्यै नेपाल फर्केर आइन । सायद उसको बोली सत्य भयो । दीपेन्द्र सरकारसँग मेरो धेरै आत्मीयता थियो । सरकार एक्लै भएका बेला या कुनै पार्टीमा, मसँग विभिन्न विषयमा आत्मीय कुरा गर्न रुचाइबक्सन्थ्यो । नितान्त व्यक्तिगत कुरा पनि सुनाइबक्सन्थ्यो । माया, प्रेम सम्बन्धबारे पनि मलाई सुनाउन सक्ने गरी सरकारसँग मेरो सम्बन्ध विकसित भएको थियो । नेपालको राजनीतिक विषयमा समेत सरकार मसँग खुलेरै बहस गरिबक्सन्थ्यो । कहीँकतै सरकारको एडीसीका रूपमा म खटिएको छु भने सरकार जे काम गर्न रुचाइबक्सन्छ, त्यसमा मलाई पनि सरिक गराउन चाहिबक्सन्थ्यो । जस्तो : सरकार ड्रिङ्क्स गर्न चाहिबक्सँदा मैले पनि ड्रिङ्क्स नगरी धरै पाउँदिनथेँ । युवावस्थामा पुग्न लाग्दा समग्रमा दीपेन्द्र सरकारको दोहोरो चरित्र विकसित भइरहेको थियो । दरबारभित्र एकदमै नराम्रो, हठी, अनुदार, उच्छृङ्खल र कसैलाई नटेर्ने । तर बाहिर सार्वजनिक रूपमा देखिने सरकारको अर्को छवि थियो । त्यो उदार, खुला र जनतासँग घुलमिल हुने खालको थियो । यसबाट जनतामा दीपेन्द्र सरकार र राजसंस्थाप्रतिको आकर्षण बढिरहेको थियो । २०४६ साल भदौको कुरा हो । दीपेन्द्र सरकार इटन कलेजबाट बिदामा काठमाडौँ सवारी होइबक्सेको थियो । त्यही बेला युगोस्लाभियाको राजधानी बेलग्रेडमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन हुँदै थियो । वीरेन्द्र सरकार त्यसका निम्ति बेलग्रेड सवारी हुने कार्यक्रम थियो । दीपेन्द्र सरकार लन्डन फर्कने क्रममा बेलग्रेड सम्मेलनमा सहभागी होइबक्सने कार्यक्रम बन्यो । म लेफ्टिनेन्ट कर्णेल थिएँ । म सरकारको एडीसी भएर बेलग्रेड खटिएँ । प्लेनमा सरकार र मेरा बीच धेरै विषयमा कुरा भयो । सिट पनि एकै ठाउँ थियो, बिजिनेस क्लासमा । त्यो उडानमा सरकारले धेरै ड्रिङ्क्स गरिबक्सेको थियो । दीपेन्द्र सरकारको जिद्दी स्वभावका कारण मैले पनि ड्रिङ्क्स गर्नुपर्‍यो । त्यस बेला सरकारले आफ्नो विवाहबारे मसँग खुलेर कुरा गरिबक्स्यो । त्यसै क्रममा प्लेनमा दीपेन्द्र सरकारबाट हुकुम भयो, ‘विवेक, आई डोन्ट नो, ह्वाट द लभ इज । आई नेभर गट इट ।’ (विवेक, माया भनेको के हो ? मलाई थाहा छैन । त्यो मैले कहिल्यै पाइनँ ।) सायद सरकारले आफ्नी मुमा ऐश्वर्यबाट पाउन नसकेको मायाबारे भनिबक्सेको थियो । बेलग्रेडमा मैले के देखेँ भने युवराजाधिराज सरकार केटीहरूको मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो । सरकार बेलाबेला मैले ‘...यसो गरेँ, उसो गरेँ’ भनेर विभिन्न प्रसङ्गहरू सुनाइबक्सन्थ्यो । कुरा सुन्दा सरकार ज्यादै ‘सेडिस्ट नेचर’ को पनि लाग्यो, मलाई । एक पटक सरकार होटलमा रातभर ड्रिङ्क्स गरेर बसिबक्स्यो । एक जना स्थानीय केटी पनि सँगै थिई । राति तीन बजे सरकार ‘म यो केटीलाई तल छोडेर आउँछु’ भनेर कोठाबाहिर सवारी भयो । सुन्दरप्रताप राना सहित अरू दुई जना एडीसी थिए । लिफ्ट चढ्ने बेलामा सरकारले ‘तिमीहरू जानुपर्दैन’ हुकुम भयो । सरकार त्यो केटीलाई लिएर लिफ्टभित्र छिरिबक्स्यो । मैले सुन्दरलाई भर्‍याङबाट तल पठाएँ । अर्को एडीसीलाई माथि नै राखेँ । सरकार लिफ्टमा साढे दुई घण्टा राज भई बिहान साढे ५ बजे मात्र तल ओर्लिबक्स्यो । तल गएको एडीसी तलै र माथिको एडीसी माथि नै कुरेर बस्नुपरेको थियो । लिफ्ट बिग्रिएको हो कि भनेर कसैलाई खबर गर्ने कुरा पनि आएन । एकै पटक बिहान सरकार हाँस्दै सवारी भयो । (बिबेक शाहको मैले देखेको दरवार पुस्तकबाट)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger