Widgets

Home » » माफी नमागे सुमिना बहिष्कृत हुने, मकवानपुरमा बहिष्कारको घोषणा

माफी नमागे सुमिना बहिष्कृत हुने, मकवानपुरमा बहिष्कारको घोषणा

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

अनलाइनखबरका रंग पत्रकार विजय ‘आवाज’ लाई नायिका सुमिना घिमिरेले धम्की दिएको बिषयमा चलचित्र पत्रकार संघले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । संघले बुधबार विज्ञप्ती निकाल्दै माफी मागेर आफ्नो गल्ती स्विकार नगरेको खण्डमा सुमिनाको कार्यक्रम बहिष्कार समेत गर्ने चेतावनी दिएको छ ।संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताका हिमायती राष्ट्रकै चौथो अंग एक पत्रकारलाई आगामी दिनमा आप\mना बारेमा कुनै समाचार नलेख्न तथा ‘टाउको झोला र खुट्टा खोला’ मा पुर्‍याइदिने भन्दै अपराधिक ढंगबाट दिइएको धम्कीप्रति संघ गम्भिर भएको छ ।’ चलचित्र पत्रकार संघले विज्ञप्तीमा भनेको छ, ‘न्युनतम मर्यादा समेत नाँघेर पत्रकारलाई ज्यानको धम्की दिएकाले अभिनेत्री घिमिरेले गल्ती स्विकार गर्दै जिम्मेबार नागरिक र नेपाली चलचित्र क्षेत्रको अंगका रुपमा प्रस्तुत गर्दै आफूलाई नसच्याए संघ उनलाई बहिष्कारसम्म गर्न वाध्य हुनेछ ।’
यस्तै नेपाल पत्रकार महासंघले पनि अनलाइनखबरका रंग पत्रकार विजय ‘आवाज’ माथी भएको धम्कीको विरोध गरेको छ । पत्रकार महासंघका महासचिव ओम शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पत्रकार विजय आवाजलाई तल्लोस्तरको भाषामा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
महासंघले प्रकाशित समाचार प्रति गुनासो वा असहमती भए त्यसउपर बैधानिक बाटो रोज्ने विकल्प हुँदाहुदै सबै जनताले माया गर्ने कलाकारबाट यस किसिमको अशोभनिय कार्य हुनु आफैमा निन्दनिय भएको जनाएको छ । महासंघले घटनाप्रति क्षमायाचना गर्न र प्रेसको संवैधानिक मर्यादालाई ख्याल गर्न अभिनेत्री घिमिरेलाई ध्यानाकर्षण गराएको छ ।
मकवानपुरमा सुमिना बहिष्कृत
चलचित्र पत्रकार संघ मकवानपुर शाखाले वुधबार एक बिज्ञप्ती जारी गर्दै पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभिनेत्री सुमीना घिमीरेसँग सम्वन्धीत सम्पूर्ण कार्यक्रम र समाचार बहिष्कार गर्ने घोषणा गरेको छ । नायिका घिमीरेले मंगलबार साँझ अनलाईनखबरमा प्रकाशित समाचारको विषयलाई लिएर चलचित्र पत्रकार संघका केन्दि्रय सदस्य तथा अनलाइन खबर डटकमका पत्रकार बिजय ‘आवाज’ लाई समाचार लेखेको भन्दै ज्यान मार्ने धम्की दिएकी थिईन् । चलचित्र पत्रकार सघं मकवानपुर शाखा सचिब मणिराज गौतमद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ‘अभिनेत्री घिमीरेले गल्ती स्वीकार गर्दै माफी नमागेसम्म उनका सम्पुर्ण कार्यक्रम बहिष्कार कार्यक्रम जारी रहने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger