Widgets

Home » » आफ्नै श्रीमतीको हत्या गरी मासु पकाएर खाएपछी

आफ्नै श्रीमतीको हत्या गरी मासु पकाएर खाएपछी

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

download (1)

आफ्नै श्रीमतीको हत्या गरी श्रीमतीकै मासु पकाएर खाने एक अमेरिकी पुरुषले १५ वर्ष जेलको हावा खानुपर्ने भएको छ । क्यालिफोर्नियाका डेभिड भाइन्सलाई लस एन्जल्सको अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । होटलमा खाना पकाउने काम गर्ने ती पुरुषले आफ्नै श्रीमतीको हत्या गरी शवलाई पानीमा पकाएर मासु खाएको बताइएको छ । अदालतमा आफ्नो मुद्दामा सुनुवाइ हुने क्रममा उनले प्रहरीसँग यसअघि आफुले आफ्नी श्रीमतीको हत्या गरेर मासु खाएको भनि दिएको बयान गलत भएको भन्दै आफुमाथिको आरोप अस्विकार गरेका छन् । आफुले आफ्नी श्रीमतीलाई निकै माया गर्ने र उनलाई पकाएर नखाएको उनको दाबी थियो । प्रहरीसँगको बयानमा उनले सन् २०११ को अक्टोबरमा आफुले श्रीमतीको मुख, हात तथा खुट्टा लगायतमा टेपले बाँधेर ४ घण्टाको यातनापछि हत्या गरेको बताएका थिए । त्यसपछि श्रीमतीको शवलाई आफुले ठूलो ड्रम भरिको उम्लिएको पानीमा चार दिनसम्म राखेको र त्यसपछि मासु पकाएर खाएको उनको भनाई छ । आफुले किन त्यसो गरेको भन्ने कुराको हेक्का आफैलाई नभएको र श्रीमतीको हत्यापछि मज्जाले सुत्न पाउँछु भन्ने आशा आफुमा रहेकाले त्यसो गरेको उनले प्रहरी सामु बताएका थिए

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger