Widgets

Home » » ल्यापटप चलाउदै हुनु हुन्छ ? होसियार सन्तान नहोला नि

ल्यापटप चलाउदै हुनु हुन्छ ? होसियार सन्तान नहोला नि

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


तपाई ल्यापटप कत्तिको चलाउनु हुन्छ ? धेरै ल्यापटप चलाउनु हुन्छ भने साबधान रहनु होस् है | आफ्नो काखमा राखेर धेरै समय सम्म ल्यापटप चलाउने गर्नु भएको छ भने तपाई सचेत अनि साबधान हुनु पर्ने भएको छ | हालै बेलायतमा गरिएको एक खोज तथा अनुसन्धानमा पत्ता लागेको एक नया तथ्यले हामी सबैको आखा खोलिदिने भएको छ | बेलायतमा रहेका एक जोडी ( ३० बर्षीय इलेक्ट्रिसियन स्कट रिड र उनका पत्नी लारा )को सन्तान नभएपछि उनीहरुले सन्तान नहुनु को कारण बुझ्न डाक्टरलाई सम्पर्क गरे | डाक्टरले ल्यापटप को कारण बच्चा नभएको भनेपछि उनीहरु अचम्मित भएका थिए | डाक्टरको अनुसार ल्यापटप काखमा राखेर चलाउनाले ल्यापटपबाट उत्पन्न हुने तातोले शुक्राणु(Sperms)को असर गर्दछ र त्यसमा क्षति हुने गर्दछ | रिडले डाक्टरको सल्लाह बमोजिम ल्यापटप काखमा नराखी टेबलमा राखेर चलाउन थाले र तिन महिना भित्र लारा को पेटमा गर्भ रह्यो | अहिले उनीहरु संग ११ महिनाकी छोरी छ | लाराले डाक्टरले ल्यापटपको कारणले बच्चा नभएको भनेको सुनेर अचम्मित हुदै भनिन "मैले अहिले सम्म यस्तो कुरा सुनेकै थिइन | रिड प्राय बेलुका केहि घन्टाको लागि काखमा राखेर चलाउने गर्दथे | तर ल्यापटपले स्पर्मलाइ नोक्सान पुर्याउछ भन्ने बारे हामिलाई थाहै थिएन | सुरुवातको स्वास्थ्य परिक्षणमा रिडको सन्तान उत्पादन गर्ने क्षमता उनि २१ बर्षको उमेरमा लागेको एक रोगले गर्दा प्रबबित भएको भनिएको थियो | तर फेरी अस्पतालमा परिक्षण गर्दा स्पर्म पर्याप्त रुपमा उत्पादन भएको तर ल्यापटप काखमा राखेर चलाउने गर्नाले ल्यापटपको तातोले स्पर्ममा क्षति पुगेको थाहा भएको थियो |

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger