Widgets

Home » , » कण्डममा सुगुरको मासु

कण्डममा सुगुरको मासु

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बजारमा विभिन्न नामका कण्डम छन् । सबैका आ आफ्ना दाबी छन्, की उनीहरु नै सबैभन्दा बढि आनन्द दिनेवाला हुन् । धेरै ब्राण्डका कण्डमले आफ्नो प्रचारका लागि विभिन्न खाले हतकण्डा अपनाउँछन् । सम्भोगका बेला कुनै साधन नै प्रयोग नगरेझैँ आनन्द आउँछ भनेर समेत दाबी गर्छन् केहीले । तर उनीहरुको दाबी कत्तिको सही हो त्यो प्रयोग गर्नेले नै जान्ने कुरा हो ।
थरीथरीका कण्डमको होडमा फेरी अर्को ब्राण्डको कण्डम पनि उ्रत्पादन गरिएको छ । यौन जिवनलाई रोमाञ्चक बनाउन सुगन्धवाल कण्डम निर्माण गरिएको दाबी कण्डम निर्माता कम्पनीको छ ।
उसका अनुसार प्रयोगकर्तालाई मन पर्ने प्रकारको सुगन्धको कण्डम निर्माण गरिएको छ । तर यो कुनै फूलको सुगन्धवाला होइन । यो त सुँगुरको मासुबाट आउने सुगन्ध जस्तै गन्ध छर्ने कण्डम पो हो त ।
बेकन फ्लेवर्ड कण्डम नाम दिइएको उक्त कण्डम अमेरिकी जे एण्ड डी कम्पनीले बजारमा ल्याएको हो । यो कण्डम हेर्दा पनि सुगुरको मासुबाट बन्ने परिकार बेकन जस्तै देखिन्छ ।
रबर बाट बनेको यो कण्डमको गन्ध पनि त्यहीँ परिकार झैँ आउनेछ । सुगुरको मासुका पारखीहरुले आफ्नो रातलाई रंगीन बनाउन यो कण्डमको प्रयोग गर्ने विश्वास कम्पनीको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger