Widgets

Home » , » मोबाइल भाइरस स्पाइडरम्यान

मोबाइल भाइरस स्पाइडरम्यान

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हालसालै मोबाइल प्रविधिसँग सम्बन्धित केही सफ्टवेयर भाइरस आएका छन् जुन इन्टरनेटसँग सम्बन्धित सुरक्षा निकायहरूको टाउको दुखाइ बनेको छ। यो भाइरसलाई स्पाइडरम्यान नाम दिइएको छ। त्यस्ता सफ्टवेयर प्रोग्राामले मोबाइलको आईएमईआई नम्बर नै परिवर्तन गर्छन्। आईएमइआई त्यस्तो नम्बर हो जुन आफ्नो मोबाइलबाहेक संसारको अरू कुनै पनि मोबाइलमा हुँदैन। विगतमा मोबाइलबाट भएका प्रायःजसो आपराधिक घटनामा यिनै आईएमइआई नम्बरको सहायताले अपराधीहरूलाई पक्रिन सजिलो भएको छ। यी सफ्टवेयर प्रोग्रामले प्रायःजसो चीनमा उत्पादन हुने मोबाइल फोनका आईएमईआई नम्बरहरू परिवर्तन गरेको देखिन्छ। चाइनिज सेटहरू दक्षिण एसियाली राष्ट्रमा बढी प्रयोग भएका छन्, अझ यसको अत्यधिक प्रयोग भारतमा छ। त्यसैले पनि यी सफ्टवेयर प्रोग्रामहरूले भारतको मध्य प्रदेशमा अनगिन्ती मोबाइल आइडेन्टीटी परिवर्तन गरेको छ। मध्य प्रदेशको प्रहरीले सम्बन्धित सुरक्षा निकायलाई यस विषयमा जानकारी गराउँदा ती निकायहरूले यो समस्याको समाधानमा असमर्थता प्रकट गरे। त्यहाँको दूरसञ्चार विभाग जसले यस्ता मोबाइल फोनको आइडेन्टीटी, गतिविधिमाथि निरीक्षण गरिरहेको हुन्छ, ले पनि यसको शिघ्र समाधान गर्न नसकिने जनाएको छ। भारत लगायत अन्य राष्ट्रहरूले अब कुनै पनि मोबाइल सेट भित्रिदा त्यसको आइएमईआई नम्बर परक्षिण गरेर मात्र भित्र्याउन निर्देशन दिएका छन्। किनभने यो सफ्टवेयर प्रोग्रामले कुनै एउटा मोबाइलमा आईएमइआई नम्बर परिवर्तन गर्दा प्रोग्राामको नाम पनि परिवर्तन गरिदिन्छ जसले गर्दा विशेषज्ञहरूलाई वास्तविक स्पाइडरम्यान सफ्टवेयर प्रोग्राम पत्ता लगाउन गाह्रो छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger