Widgets

Home » » के दैनिक यौनसम्पर्कले मुटुलाई हानि गर्छ ?

के दैनिक यौनसम्पर्कले मुटुलाई हानि गर्छ ?

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


म ४५ वर्षको भएँ। मेरो ओपन हार्ट सर्जरी -खुला हृदय शल्यक्रिया) भएको १० वर्ष भयो। म दैनिकजसो श्रीमतीसँग यौनसम्पर्क गर्न चाहन्छु, तर उनी मुटुमा असर पर्छ भनेर मान्दिनन्। मलाई सम्पर्कले अझ ताजा महसुस हुन्छ। के दैनिक यौनसम्पर्कले मुटुलाई हानि गर्छ ? २५७०४ के यौन क्रियाकलापले मुटुमा असर पार्छ ? मुटुमा केही समस्या भएका कतिपय व्यक्तिमा यो प्रश्न हुनसक्छ। तपाईंले ओपन हार्ट सर्जरीको कुरा गर्नुभए पनि मुटुको समस्याका बारेमा भने पर्याप्त जानकारी दिनुभएको छैन। शारीरीक क्रियाकलापजस्तै यौनसम्पर्कले पनि केही जझयमथलamष्अ कतचभकक -हेमोडाइनामिक स्ट्रेस) गराउँछ, जुन कुराले केही असर जस्तै कि हृदयाघातलाई केही बढाउन सक्छ, तर समष्टिमा हेर्दा वास्तविक रूपमा यो जोखिम बढ्ने सम्भावना भने ज्यादै कम हुन्छ। यौनसम्पर्क राख्नु हुँदैन भन्ने भयले यौन जीवनमा नकारात्मक असर गर्छ। यस्तो कुरा यौन क्रियाकलापका बारेमा वास्तविकता थाहा नहुँदा तपाईंकी श्रीमती वा यौनजोडीमा भएको भयका बारेमा पनि विचार गर्नुपर्छ। यौन क्रियाकलाप एउटा राम्रो व्यायाम अर्थात् शारीरीक क्रियाकलाप हो तर धेरै धपेडी वा मुटुमा भार पर्ने किसिमको कडा व्यायाम भने होइन। जोखिमको कुरा गर्दा, हाम्रो जीवनशैलीका अन्य धेरै कुरा यौनसम्पर्कभन्दा बढी जोखिमपूर्ण हुन्छन् भन्ने पनि हेक्का राख्नुपर्छ। एक अध्ययन अनुसार मधुमेह भएको र धूमपान नगर्ने व्यक्तिलाई १० लाखमा १ जनालाई मात्र यौनसम्पर्क गर्दागर्दै हृदयाघात हुन्छ भने हृदयरोग भए पनि आधारभूत कतचभकक परीक्षण पास गरेका व्यक्तिलाई १० लाखमध्ये १० जनालाई यौनसम्पर्क गर्दागर्दै हृदयाघात हुने सम्भावना हुन्छ। अर्थात् यो जोखिमको सम्भावना ज्यादै कम छ। तपाईंको सन्दर्भमा अप्रेसन गरेको १० वर्ष भैसकेकाले तपाइर्ंले धेरै कुरा आफैं थाहा पाइसक्नुभएको पनि हुनसक्छ। मुटुको शल्यक्रियामा यौनसम्पर्क ? हृदयाघात वा मुटको शल्यक्रियाले जीवनमा धेरै परिवर्तन ल्याउँछ, अनि यौनजीवनमा पनि। वास्तविकता के हो भने हृदयाघात हुनु वा मुटुको शल्यक्रिया गर्नु यौन जीवनको समाप्ति भने होइन। झट्ट सुन्दा यस्ता कुरा भययुक्त लाग्न सक्छन्, तर यसलाई जीवनको एक महत्त्वपूर्ण अवसरका रूपमा पनि लिन सकिन्छ। जोखिम हुँदाहुँदै पनि आफ्नो जीवनशैली -खानपान, व्यायाम वा तनावपूर्ण जीवन)लाई परिवर्तन गर्न नसकिरहेका बेला यौन जीवनलाई राम्रो बनाउने एक उत्तम अवसर वा उत्पे्ररणाको स्रोत हुनसक्छ। यौनसम्पर्क गर्दा के-कस्ता क्रियाकलापमा संलग्न हुन सकिन्छ भन्ने प्रश्न सबैका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न हो। यस्तै दुई तला भर्‍याङ चढ्दा, एक-दुई किलोमिटर हिँड्दा, केही समय साइकल चढ्दा गाह्रो हुने, थाकेको जस्तो हुने वा छातीमा पीडा हुनेजस्तो समस्या हुँदैन भने एक किसिमले तपाईं शारीरिक रूपमा यौनसम्पर्कका लागि तयार हुनुहुन्छ भन्ने देखिन्छ। यौन सम्पर्कका लागि मानसिक रूपमा पनि तयार हुनु अत्यावश्यक छ। शल्यक्रिया पछि पुनस्र्थापना गरिन्छ। आघारभूत रूपमा उपयुक्त जोखिमको लेखाजोखा गरेर यौन क्रियाकलापमा संलग्न हुन सकिन्छ। यसका लागि चिकित्सकले सहयोग गर्न सक्छन्। ट्रेडमिलमा ४ माइल प्रतिघण्टाको गतिमा हिँड्दा हृदयमा जति कतचभकक पर्छ त्यति नै चरमसुख प्राप्त हुने गरी गरिएको यौनसम्पर्कमा हुन्छ। उचित व्यायाम हृदयाघातको जोखिम कम गर्ने उपाय हो। यौन सम्पर्क गर्दा बेस्सरी शारीरिक परिश्रम यस्तै ४-६ मिनेट पर्छ। यौनसम्पर्कको १५ मिनेटपछिसम्म पनि हृदयगति सामान्य रूपमा आएन भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। कतिसम्मको व्यायाम गर्न सकिन्छ भन्ने जानकारी त तपाईंलाई हृदयरोग विशेषज्ञले दिनुहुन्छ नै। यस्ता कुरामा भावनात्मक पक्षको पनि गहन असर पर्छ। चरमसुख प्राप्त गर्ने क्रममा मुटुलाई धेरै नै भार पर्ने गरी केही गरियो कि भन्ने होस नरहन सक्छ, तर यसको अर्थ यौनसम्पर्कबाट परहेज गर्नुपर्छ भन्ने होइन। शल्यक्रियापछि कति समयमा यौनसम्पर्कको पुनः सुरुवात गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ सीधा नहुन सक्छ। वास्तविक रूपमा कस्तो जोखिम पर्ला भन्ने धेरै कुरामा भर पर्छ, जस्तै ः शल्यक्रियाको प्रकार, मुटुको अवस्था, व्यक्तिको सामान्य स्वास्थ्य र यौनप्रति व्यक्तिको धारणा आदि अनेक कुरामा। अवस्था हेरेर ४ वा ६ हप्तापछि यौनसम्पर्क गर्ने स्थिति रहन्छ। एन्जियोप्लास्टीजस्तो कुरा गरिएको स्थितिमा यस्तै २४ घण्टापछि नै यौन सम्पर्क गर्न सकिने स्थिति हुन सक्छ। तपाईंको अवस्थाका बारेमा चिकित्सकसँग छलफल गर्नुपर्छ। यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले दुवैले तनावमुक्त भएको समय रोज्नुपर्छ। रात्रि वा अन्य कुनै पनि भरपेट भोजनको कम्तीमा ३ घण्टा बितेपछि मात्र यौन क्रियाकलापमा संलग्न हुनुपर्छ। कुनै असजिलो स्थिति सिर्जना भए हृदयरोग विशेषज्ञसँग यस सम्बन्धमा सल्लाह लिनुपर्छ। हुदयाघातपछि कतिपय व्यक्तिले यौन क्रियाकलापमा संलग्न हुँदा केही समस्या महसुस गर्न सक्छन्, जस्तै कि लिङ्ग उत्तेजना नहुने, यौनेच्छा वा सन्तुष्टि नभएको समस्या। त्यस्तो स्थितिमा वास्तविक कारण थाहा पाएपछि समाधान गर्न सजिलो हुन्छ। कस्तो आसन उपयुक्त होला ? मुटुमा कम भार पर्ने किसिमको आसन प्रयोग गरी यौनसम्पर्क गर्नु बेस हुन्छ। विशेष गरेर श्वास-प्र्रश्वासलाई बाधा पर्ने वा शरीरको भार छातीमा पर्ने किसिमको हुनुहुँदैन। धेरैजसो हृदयाघात भएको व्यक्ति ओछयानमा सुतेर अर्को व्यक्ति माथि बसेर यौनसम्पर्क गर्दा कम शक्ति लाग्ने विश्वास गरिन्छ, तर अर्को व्यक्ति माथि बसेको आसनको तुलनामा मुटुको गति वा रक्तचाप उस्तै हुन्छ। कोल्टे परेर यौनसम्पर्क गर्नु राम्रो उपाय हुनसक्छ। यसो गर्दा शरीर चलाउन केही गाह्रो हुन्छ। शरीरलाई भरथेग गर्न तकियाको प्रयोग लाभदायक हुनसक्छ। अर्को राम्रो आसन हात र घुँडाले टेकेर महिला बस्ने र पुरुषले पछाडितिर योनिमा लिङ्ग प्रवेश गराउनु हुनसक्छ। कुर्सीमा बसेर पनि शारिरीक रूपमा कम भार पर्ने गरी यस्तो क्रियाकलापमा संलग्न हुन सकिन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger