Widgets

Home » » विनिता बरालको पदचाप पछ्याउने नायिकाहरू

विनिता बरालको पदचाप पछ्याउने नायिकाहरू

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नायिका विनिता बरालको पदचाप पछ्याउने नायिकाको आगमन तीव्र रूपमा बढेको छ। दुई वर्षअघिसम्म नायिका रेखा थापाले छोटो मिनी स्कर्ट लगाएर अभिनय गर्दा तीव्र आलोचना हुने नेपाली चलचित्र क्षेत्रमा अहिले निष्पि्कक्री टङ किस, बेड सिन, संवेदनशील अंग समाउने जस्ता दृश्य दिन नायिकाहरू धक मान्दैनन्। कतिसम्म भने हिजो लिप किस सिन दिन लजाउने नायिकाहरू अहिले आफैं त्यस्ता दृश्य दिन अगाडि सर्छन्। यी सबैको हिम्मत बढाउने नायिका विनिता बराल हुन्। चपली हाइटमा यौनसंवाद र टङ किस तथा बेड सिन दिएर चर्चामा आएपछि नायिका विनिता बरालले रेखा थापालाई ओझेल नै पारिदिइन्। चपली हाइटको सफलताबाट लोभिएका नायिकाहरू नेपाली चलचित्र क्षेत्रमा झन्डै एक दर्जन पुगिसकेको छ। तीमध्ये सबैभन्दा अगाडि जिया केसी, सोनिया शर्मा, सविना कार्की, सुष्मा कार्की, अरुणिमा लामालगायत छन्। यिनीहरू अहिले गुमनाम हुनुभन्दा बद्नामै सही चर्चामा आउन जे पनि गर्न पछि पर्दैनन्। यस्तो मामिलामा अग्रपंक्तिमा छिन् नायिका जिया केसी। केही समयअघि युट्युबमा राखिएको चलचित्र एटीएमको अश्लील प्रोमोबाट विवादमा आएकी जियाले पुनः उही शैलीको फिल्म खेल्ने भएकी छन्। जियाले जिगोलो अर्थात् पुरुष यौनकर्मी सिनेमामा खेल्न लागेकी हुन्। एटीएमलाई सेन्सर बोर्डले एडल्ट सटिफिर्केट मात्रै दिएन, थुप्रै दृश्य काट्नसमेत लगाएको थियो। युट्युबबाट भिडियो हटाउन बाध्य बनेका थिए निर्माता दिनेश थापा। सातवटा फिल्म खेलिसके पनि एउटै चलचित्र एटीएमबाट बद्नामी कमाएकी जियालाई यसको कुनै पर्वाह छैन। एटिएमलाई हचुवाको भरमा बद्नाम गरिएको उनको बुझाइ छ। फिल्मको अनअफिसियल विज्ञापन अनलाइनमा हेरेकै भरमा त्यसरी टिप्पणी गर्नु आलाकाँचो तर्क भएको उनी बताउँछिन्। त्यति मात्र होइन, सहपाठी नायिका सोनिया शर्मासँग जियाको अन्तरंग सम्बन्ध भएको चर्चा समेत आएको थियो। सँगै हिँड्ने मात्र होइन, दुवै नायिका स्लिपिङ पार्टनरका रूपमा पनि चिनिन्थे। अहिले दुवैबीच पानी बाराबारको स्थिति उत्पन्न भएको छ। यसैगरी, जिया र नायिका सविना कार्कीबीच एटीएम खेल्दा हात हालाहालको स्थिति उत्पन्न भएको थियो। कसले बढी किस सिन दिने भन्दै दुवैबीच तँछाड मछाड चलेको थियो। यी सबैको हर्कत मेटाउने गरी नायिका सुष्मा कार्की अघि बढेकी छन्। लूट चलचित्रमा एउटै गीत उध्रेको चोली हेर्न बोलको गीतमा आइटम डान्स गरेर रातारात चर्चामा आएकी सुष्माले चपली गर्ल विनितालाई समेत माथ गर्ने गरी बिन्दास चलचित्रमा अंग प्रदर्शन गरेकी छिन्। स्तन समातेर रगत आएको फोटो सेसन गरेर विवादमा आएकी सुष्माले मेरो जीवन साथी चलचित्रमा नायक राजेश हमालसँग भरपूर रोमान्स गरेकी छन्। उनले दिएको हट बेड सिनको अहिले चलचित्रकर्मीबीच चर्चा चल्ने गरेको छ। हालै सुटिङ स्पटमा आफ्ना नवप्रेमीसँग रोमान्स गरेको, फिल्म युनिटलाई गन्दै नगनेको, चाहिनेभन्दा बढी अनावश्यक डिमान्ड गरेको भन्दै सुष्मालाई वार चलचित्रबाट निकालिएको छ। चलचित्रको निर्देशक सवोध भट्टले सुष्माको नखरा सहन नसकेर उनलाई चलचित्रबाट निकालिएको बताएका छन्। सो चलचित्र टीकापुरमा सुटिङ भइरहेको छ। सुष्माको यसअघि निर्देशक सुदर्शन थापासँग प्रेम सम्बन्ध थियो। सुदर्शनले सुष्मालाई नायिका बनाएर के यो माया हो चलचित्र निर्माण गरेका थिए। सो चलचित्र प्रदर्शनमा आएलगत्तै दुवैबीच सम्बन्ध तोडिएको थियो। यसैगरी, किनकिनमा नायक राजेश हमालसँग थुप्रै बेड सिन, किस सिन दिएर अरुणिमा लामा चर्चामा आएकी छन्। किन किन चलचित्र पूर्णरूपमा यौन विषयवस्तुमा आधारित चलचित्र भएको निर्देशक उकेश दाहाल बताउँछन्। नयाँ नायिका भए पनि यौनदृश्य दिन अरुणिमाले कुनै धक नमानेको दाहालले बताए। राजेश र अरुणिमाबीच एउटा दृश्य खिच्दा नुतन फिल्म स्टुडियोको टेबुल नै भाँच्चिएको थियो। सो घटनाले पनि चलचित्र क्षेत्रमा धेरै चर्चा पाएको थियो। किन किनको सो दृश्यमा राजेशले अरुणिमाको कम्मर समातेर आफूतिर तान्नुपर्ने थियो। राजेशले मच्चेर तान्दा टेबुल भाँच्चिएको थियो। त्यस्तै, थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर पलपलमा चलचित्रबाट रजतपटमा प्रवेश गरेकी शशी खड्का पनि यौन दृश्य दिन सहज मान्ने नायिका हुन्। पलपलमा उनले दिएको दृश्यले धेरै चर्चा पाएको थियो। निर्माण सम्पन्न भई प्रदर्शनको तयारीमा शशी अभिनित चन्द्रावती पनि उनकै कारण चर्चामा छ। चन्द्रावतीमा शशीले नायक आयुष रिजालसँग दिएको बेड सिन र न्युड सिनले चलचित्र क्षेत्र गर्माएको छ। सो दृश्य चलचित्रबाट हटाउन शशीले निर्देशक राजु गिरीलाई निकै दबाब दिएकी छन्। तर निर्देशक राजुले पहिले नै सहमति गरेर सो दृश्य राखिएको भन्दै नकाट्ने बताएका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger