भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इन्टरनेट क्षेत्रको अगुवा कम्पनी याहूले १७ वर्षीय बेलायती युवाले बनाएको मोवाइल एप्लिकेसन करोडौं पाउण्डमा किनेको छ । निक डी अलोसियोको कम्पनी समलीको यो एप्लिकेसनले बिभिन्न सञ्चारमाध्यमहरुको समाचार स्टोरीको सार पेश गर्छ ।
यो एप्लिकेसनलाई हालै याहुले किनेको छ । अब यो एप्लिकेसन बन्द हुनेछ भने यसका फिचर याहुको मोबाइल उत्पादनमा प्रयोग हुनेछ । कति रकममा यो डील सम्पन्न भयो भन्ने बारेमा केही पनि खुलाइएको छैन ।
यी युवाले अब याहुमै रोजगारी पाउनेछन । साथै उनका केही स्टाफलाई पनि याहुले रोजगारी दिनेछ । डीओलोसियोले १५ वर्षको उमेरमा नै यो एपको शुरुवात गरेका थिए । परीक्षाका लागि पढाइ दोहोर्याउन उनले यो जुक्ति निकालेका हुन् । एक बेलायती पत्रिकासँगको कुराकानीमा उनले भनेका छन्-’म जुत्ता किन्न मन पराउँछु । नाइकको नयाँ ट्रेनर जुत्ता लिन्छु र शायद एक कम्प्युटर पनि किन्छु । तर, अहिले म बचत गर्न चाहन्छु । धेरै खर्च गर्दिन ।’
डीओलोसियो र उनका साथीहरुको आगमनप्रति आफूहरु निकै खुसी रहेको याहूका बरिष्ठ उपाध्यक्ष एडम काहानले भनेका छन् ।
Home »
मिक्स माक्स
» १७ बर्षीय किशोरले बनाएको एप याहुले करोडौँ पाउण्डमा किन्यो
१७ बर्षीय किशोरले बनाएको एप याहुले करोडौँ पाउण्डमा किन्यो
Written By sangalo on Wednesday, March 27, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
मिक्स माक्स
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.