Widgets

Home » , » गर्भनिरोधक कण्डम प्रयोगमा गल्ति गर्छन पुरुषहरुः

गर्भनिरोधक कण्डम प्रयोगमा गल्ति गर्छन पुरुषहरुः

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

यौनरोग तथा गर्भधारण रोक्ने काममा कण्डम अरु गर्भनिरोधकको तुलनामा बढि प्रभावकारी साधन हो यदि यसलाई सही तरिकाले प्रयोग गरियो भने । तर अध्ययनले के देखाएको छ भने धेरै पुरुषले कण्डमको प्रयोग सहि तरिकाले गर्न सक्दैनन् र कण्डम प्रयोग गर्दा गल्ती गर्छन् । अमेरिकाको किन्से इन्स्टिच्युटको कण्डम यूज रिसर्च टीमले सन् १९९५ देखि २०११ सम्मको अवधिमा गरेको अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुले यस क्रममा विभिन्न १४ देशमा कण्डम प्रयोग सम्बन्धि प्रकाशित लेखरचना, अनुसन्धान तथा अनुभवहरुको विश्लेषण गरेका थिए । जसमा अमेरिका, बि्रटेन तथा क्यानडा लगायतका देश पनि सामेल थिए । विश्लेषणबाट कण्डम प्रयोगका दौरान पुरुषले गर्ने गल्तीहरु निम्नानुसार पाइएका छन् :

 १. धेरै पुरुषहरुले कण्डमको प्याकेटलाई गलत तरिकाले खोल्दछन् जसका कारण कण्डम च्यातिने वा प्वाल पर्ने र बिगि्रने सम्भावना हुन्छ ।

 २. निकै ढिलो गरी मात्र कण्डम लगाउँछन्, जसका कारण यौन सम्पर्कका बेला योनीभित्रै विर्यस्खल हुने तथा यौनरोग सर्ने सम्भावना हुन्छ ।

 ३. कतिपयले पूरै विर्यस्खलन नहुँदै कण्डम हटाएर फेरी सम्भोग गर्छन् जसका कारण बाँकी रहेको विर्य योनीभित्रै स्खलित भएर गर्भ रहने सम्भावना हुन्छ ।

 कण्डमको गलत प्रयोगका विषयमा गरिएको यो अध्ययनका क्रममा विभिन्न देशका दम्पति तथा यौनकर्मीहरुसँग पनि अन्तरवार्ता गरिएको थियो । यस क्रममा केही जोडीले आफुले कहिल्यैपनि कण्डम नलगाएको बताए भने केहीले पहिले कण्डम नलगाइकन सम्भोग गर्ने र विर्य स्खनल हुने बेलामा मात्र कण्डम लगाउने बताए । सयमा ५१ जना पुरुषले आफुले यौन सम्पर्कका बेला केबल विर्यस्खलनको बेला मात्र कण्डम लगाउने गरेको बताएका छन् । तर विज्ञहरुले भने विर्य स्खलन भन्दा पहिले उत्तेजनाका दौरान पुरुषको लिंगबाट विर्यभन्दा पातलो तरल पदार्थ निस्कने र त्यसमा पनि शुक्राणुहरु हुने भएकाले महिला गर्भवती हुने सम्भावना रहने बताउँछन् । त्यसकारण विर्यस्खलनका बेला मात्र कण्डमको प्रयोग गर्दा गर्भ रहन सक्ने छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger