Widgets

Home » , » भनिन्छ स्वास्नीको तलब बढ्दा लोग्नेको यौनक्षमता घट्छ

भनिन्छ स्वास्नीको तलब बढ्दा लोग्नेको यौनक्षमता घट्छ

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बढि तलब खाने श्रीमतीका लोग्नेहरुको यौनक्षमता कम हुने र उनीहरुले श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न निकै कठीन पर्ने एक अध्ययनले देखाएको छ । डेनमार्कमा झण्डै २ लाख दम्पतीमा गरिएको अध्ययनले आफुले भन्दा बढि तलब खाने श्रीमतीसँगको सम्भोगका बेला लोग्नेले निकै फितलो प्रदर्शन गर्ने र श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न वा लामो समयसम्म सहबासमा टिकिरहन विभिन्न खाले कृत्रिम यौनवर्धक दबाइहरु खाने गरेको पाइएको छ । आफुले भन्दा श्रीमतीले बढि तलब खाने अवस्थामा पुरुषमा स्वतः मनोवैज्ञानिक तथा सामाजिक र पारिवारिक दबाब पर्ने र त्यसको असर उसको यौनक्षमतामा पर्ने विज्ञहरुको भनाइ छ । अत्यधिक दबाबका कारण पुरुष सहबासमा खरो उत्रिन सक्दैन, छिटै गल्छ वा स्खलित हुन्छ । आत्मसम्मान गुम्नु, तथा रिस र निरासाका कारणपुरुषमा यस्तो यौन असक्षमता पैदा हुने ठहर शोधकर्ताहरुले गरेका छन् । शोधका क्रममा महिलाहरुले कमाएर घरधन्दा चलाउने वा लोग्नेको भन्दा स्वास्नीको कमाइ बढी भएका दम्पतीहरुमा यौन सन्तुष्टि कम हुने गरेको, पुरुषमा लिंग उत्तेजित नहुने, सम्भोगका बेला शिघ्रपतन हुने जस्ता समस्या देखिने गरेको पाइयो । श्रीमतीले बढि कमाउने दम्पतीहरुले यौन सन्तुष्टिका लागि भियग्रा लगायतका यौनवर्धक औषधिको प्रयोग धेरै गर्ने गरेको पनि अध्ययनका क्रममा भेटिएको छ । लोग्नेको भन्दा स्वास्नीको तलब अलिकति बढि हुँदा पनि त्यसले लोग्नेको यौनक्षमतामा ठूलो असर पार्ने देखिएको छ । श्रीमानले भन्दा बढि तलब खाने श्रीमतीहरुमा समेत विभिन्न खाले समस्या देखिने गरेको पाइएको छ । निरासा तथा अनिद्रा जस्ता समस्याहरुका कारण त्यस्ता कमाउ महिलाहरुले बढि औषधिको सेवन गर्ने गरेका हुन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger