Widgets

Home » » कमाई र समिक्षामा कमजोर बन्यो ‘हिम्मतवाला’

कमाई र समिक्षामा कमजोर बन्यो ‘हिम्मतवाला’

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

अजय देवगन अभिनित चलचित्र ‘हिम्मतवाला’ शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । तर चलचित्रले सुरुवातमा पनि उत्साहजनक कलेक्शन गर्न सकेन । भारतका ३ हजार पर्दामा एकसाथ चलेको यो सिनेमाले बक्स अफिस इन्डियामा सोचेजस्तो व्यापार गर्न सकेको छैन ।चलचित्रले शुक्रबार १२ करोडको व्यापार गरेको छ । ३ हजार पर्दामा लागेको सिनेमाको व्यापार कमजोर भएको चलचित्र विश्लेषक तथा हलसंचालकहरुको भनाई छ । निर्देशक साजिद खानले ‘हिम्मतवाला’ यो बर्षकै सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रको रुपमा दरिने घोषणा गरेका थिए । तर चलचित्रको कलेक्शन र समिक्षाले साजिद खानको अड्कल वास्तविकतामा बदलिने कुरामा शंका व्यक्त गर्न सकिन्छ ।
चलचित्रलाई भारतिय संचारमाध्यमहरुले १ देखि १.५ स्टार दिएका छन् । यसैले पनि यो चलचित्रले बक्स अफिसमा धमकेदार कलेक्शन गर्ने सम्भावना टर्दै गएको छ । अर्को साता प्रतिक्षारत चलचित्र ‘चश्मे बदुर’ प्रदर्शनमा आउँदैछ । ‘हिम्मतवाला’ ले ३ दिनको कलेक्शनमा ५० करोड कटाएको खण्डमा १ सय करोड क्लबमा पुग्न केही सजिलो हुने विश्लेषण गरिएको छ । तर यति रकम कमाउन यो सिनेमालाई फलामका चिउरा चपाएजस्तै हुने देखिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger